दिलेन्द्रप्रसाद बडूद्वारा चुनावी मैदान छाड्ने घोषणा
सारांश
- नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
- दार्चुलाबाट एकल नाम सिफारिस भए पनि उनले युवा पुस्तालाई अवसर दिने बताए।
- बडू २०७९ मा दार्चुलाबाट निर्वाचित भएका थिए, तर यसपटक उनले नयाँ उम्मेदवारलाई सघाउने प्रतिबद्धता व्यक्त गरे।
धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। आफ्नो गृह जिल्ला दार्चुलाबाट सर्वसम्मत रूपमा एकल नाम सिफारिस भए पनि नेता बडूले आफूलाई चुनावी दौडबाट अलग राख्ने निर्णय लिएका हुन्।
उम्मेदवारी नदिने सम्बन्धमा एक वक्तव्य जारी गर्दै नेता बडूले अबको पालो सक्षम युवा पुस्ता र पार्टीका अन्य इच्छुक सहकर्मीहरूको भएको उल्लेख गरेका छन्। उनले आफू प्रत्यक्ष उम्मेदवार बन्नुको साटो नयाँ उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। जिल्ला र प्रदेश कार्यसमितिले आफूमाथि विश्वास गर्दै सर्वसम्मत सिफारिस गरेकोमा उनले पार्टी पङ्क्तिप्रति आभार समेत प्रकट गरे।
नेपाली कांग्रेस दार्चुलाका सभापति ललित बोहराले नेता बडूको उम्मेदवारी फिर्ता सम्बन्धी पत्र जिल्ला कार्यसमितिमा आधिकारिक रूपमा दर्ता भइसकेको पुष्टि गरे।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बडू दार्चुलाबाटै निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार गणेश ठगुन्नालाई पराजित गर्दै जित हासिल गरे।
२०७४ सालमा उनी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण