सन्तोष सुवेदीले छाडे विप्लवको साथ
मङ्गलबार, २९ पुस २०८२, ११ : ५२
सारांश
- विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य सन्तोष सुवेदी नेकपामा प्रवेश गरे।
- प्रचण्डले सुवेदीलाई हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे, जसमा अन्य नेताहरू पनि उपस्थित थिए।
- सुवेदी ०७१ सालदेखि विप्लवसँगै थिए र उनी राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा हुन्।
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
सुवेदीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार हात्तीवनस्थित निवासमा केही नेताहरुको उपस्थितिमा पार्टीमा स्वागत गरे । सुवेदी ०७१ सालमा मोहन वैद्य नेतृत्वमा तत्कालीन नेकपा माओवादी विभाजित भएदेखि नै विप्लवसँग नजिक रहेर काम गर्दै आएका थिए । रोल्पा निवासी उनी राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा हुन् ।
पार्टी प्रवेश कार्यक्रममा नेता पुनका साथै सुवेदीका पिता झक्कुप्रसाद पनि सहभागी थिए । ०७४ र ०७९ मा रोल्पाबाट प्रतिनिधिसभा सदस्य नर्वाचित पुन आगामी निर्वाचनमा पनि उम्मेदवार बन्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण