नेप्सेमा सामान्य सुधार, झण्डै ७ अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अङ्कले बढेर बन्द भएको छ । आज नेप्से सूचक ४.९० अङ्कले वृद्धि भई २६३९.९१ विन्दुमा पुगेको छ ।
आज बजारमा ३४९ वटा कम्पनीका कुल ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा १ करोड ३६ लाख २४ कित्ता सेयर ७७ पटक किनबेच भएका छन् ।
आज कारोबार भएका कम्पनीहरूमध्ये ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको मूल्य घटेको छ। ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ ।
आज थ्रिस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै दोर्दी खोला जलविद्युत ९.३८ प्रतिशत र सुपर मादी हाइड्रोपावर ९.०७ प्रतिशतले बढेका छन् ।
घट्ने कम्पनीहरूमा रसुवागढी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ६.०९ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै नारायणी विकास बैंक ४.४४ प्रतिशत र विन नेपाल लघुवित्त ३.७७ प्रतिशतले घटेका छन्।
आज बजारमा हाइड्रोसहित सात समूहमा वृद्धि हुँदा बाँकी छ समूह घटेका छन् । हाइड्रो १.०२ प्रतिशत बढ्नु बाहेक अरू सबै समूहमा एक प्रतिशत भन्दा कमको उतारचढाव देखिएको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। यसको ५४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसैगरी एसवाई प्यानलको ३४ करोड ८१ लाख र बुटवल पावर कम्पनी २८ करोड १३ लाख रुपैयाँको कारोबारका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण