दार्जिलिङमा गरियो प्रशान्तको अन्त्येष्टि
मङ्गलबार, २९ पुस २०८२, १६ : ४२
सारांश
- गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार दार्जिलिङमा अन्त्येष्टि गरियो।
- उनको पार्थिव शरीरलाई दार्जिलिङ पुर्याएर श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।
- प्रशान्तले ४३ वर्षको उमेरमा हिन्दी र नेपाली गीत गाएका थिए र फिल्ममा अभिनय गरेका थिए।
काठमाडौँ । आइतबार निधन भएका गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार गरिएको फिल्मकर्मी राजेश घतानीले जनाएका छन् ।
प्रशान्तको पार्थिव शरीरलाई सोमबार अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ पुर्याइएर श्रद्धाञ्जली सभा पनि आयोजना गरिएको थियो । उनको अन्त्येष्टिमा पत्नी मार्था एली भावविह्वल देखिएकी थिइन् । त्यहाँ सयौँको सङ्ख्यामा नेपाली भाषीको उपस्थिति रहेको थियो ।
४३ वर्षको उमेरमा निधन भएका प्रशान्तले हिन्दी र नेपाली थुप्रै गीत गाएका छन् । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत आधा दर्जन नेपाली फिल्म पनि अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘लडाइँ पहिचानको’ मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण