ट्रम्पको ५ अर्ब डलरको मानहानि मुद्दा खारेजको मागसहित अदालतमा गयो बीबीसी
लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षतिपूर्ति माग्दै दायर गरेको ५ अर्ब डलरको मानहानि मुद्दा खारेज गर्न बीबीसीले अदालतमा निवेदन दायर गरेको छ ।
२०२१ को जनवरी ६ मा आफूले दिएको भाषणलाई पानोरामा डकुमेन्ट्रीमा गलत रूपमा सम्पादन गरिएको आरोप लगाउँदै ट्रम्पले गएको महिना फ्लोरिडाको एक अदालतमा मुद्दा हालेका थिए । मुद्दामा बीबीसीमाथि मानहानि र व्यापार अभ्यास कानुनको उल्लंघनको आरोप लगाइएको छ ।
सोमबार दायर गरिएको याचिकाका अनुसार फ्लोरिडा अदालतको आफूमाथि ‘व्यक्तिगत क्षेत्राधिकार’ नभएको, अदालतस्थल अनुचित रहेको र ट्रम्पले दाबी बताउनसमेत असफल भएको तर्क बीबीसीको छ । बीबीसीले पहिले सम्पादनका कारण भ्रम पैदा भएको स्वीकार गर्दै यसका लागि ट्रम्पसँग माफी मागेको थियो, तर क्षतिपूर्ति दिनुपर्ने वा मानहानिको दाबीमा भने बीबीसी सहमत थिएन ।
उक्त कार्यक्रम अमेरिकामा प्रसारण नै नभएको अनि यसले ट्रम्पको मानमर्दन नगरेको बीबीसीको भनाइ छ । सो कार्यक्रम प्रसारण भएपछि ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भएको, फ्लोरिडामा बहुमत पाएको तथ्यलाई विचार गर्दा यसले ट्रम्पलाई खासै क्षति नपुर्याएकोमा यसले जोड दिएको छ ।
डकुमेन्ट्री ब्रिटबक्समा प्रसारण भएको भन्ने ट्रम्पको दाबी पनि गलत भएको बीबीसीले भनेको छ । बीबीसीले साँच्चै द्वेषको साथमा डकुमेन्ट्री प्रसारण गरेको भनेर ट्रम्पले आरोप लगाउन नसक्ने पनि बीबीसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण