जनतालाई परिवर्तनको अनुभूति दिलाउने काम सरकारी कार्यालयहरूबाटै हुनुपर्छ: सञ्चारमन्त्री खरेल
सारांश
- मन्त्री खरेलले कर्मचारीहरूलाई जनताले महसुस गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिए।
- उनले सेवामा सुधार ल्याउन र कर्मचारी र जनताबीचको सम्बन्ध राम्रो बनाउन जोड दिए।
- मन्त्रीले जनताका काममा ढिलासुस्ती नगर्न र प्रविधिको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरे।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनताले प्रत्यक्ष महसुस गर्ने गरी सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्। मङ्गलबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा उनले कर्मचारीहरूलाई राष्ट्र सेवक भएको अनुभूति दिलाउने गरी काम गर्न सचेत गराएका हुन्।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले जेन्जी आन्दोलन र बदलिँदो राजनीतिक सन्दर्भलाई आत्मसात गर्दै सेवामा सुधार ल्याउनुपर्नेमा जोड दिए। मन्त्री खरेलले कर्मचारी र जनताबीचको सम्बन्ध नङ-मासुको जस्तो हुनुपर्ने भन्दै जनसेवाको कामलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको स्पष्ट पारे।
सरकारी कार्यालयहरूबाटै जनताले परिवर्तनको वास्तविक अनुभूति पाउनुपर्ने उनको भनाइ छ। 'हामी कर्मचारी र राजनीतिज्ञ दुवै जनताका सेवक हौँ भन्ने विश्वास जति बढी दिलाउन सकिन्छ, त्यति नै जनतामा यो राज्य, राष्ट्र र कर्मचारीतन्त्र मेरो हो भन्ने अपनत्व बढ्छ,' उनले भने।
अनुगमनका क्रममा मन्त्री खरेलले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको हालको सेवा प्रवाहप्रति सन्तोष व्यक्त गरे। सो अवसरमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यालयबाट भइरहेका विभिन्न सेवा र प्रशासनिक कामबारे मन्त्रीलाई जानकारी गराएका थिए। मन्त्री खरेलले जनताका काममा ढिलासुस्ती नगर्न र प्रविधिको प्रयोगलाई प्राथमिकता दिन समेत आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण