पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताएका छन् ।
नेपाली कांगेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशको बन्दसत्रको दोस्रो दिन बुधबार सम्बोधन गर्दै उनले आफूलाई पदका लागि विशेष महाधिवेशन नगरिएको स्पष्ट पारे ।
महामन्त्री थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्न सबैले पाउनुपर्ने भन्दै आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आँफैमा विद्रोह भएको धारणा राखे । “यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
महामन्त्री थापाले पार्टीभित्र गुठ भन्दापनि गिरोह बढ्दै गएको भन्दै पार्टीलाई बदल्न जरूरी रहेको उल्लेख गर्नुभयो । उहाँले बाहिरको हल्लाको पछि नलाग्नसमेत सबैलाई आग्रह गरे ।
“अहिले बाहिर अनेक हल्ला चलाइएको छ, कोही भागबण्डाका लागि भनिएको छ, म हल्लाको पछि लागेको छैन, तपाईहरू पनि नलाग्नुस्”, उनले भने,“यो हलको म्याण्डेटलाई हामी सबैले मान्नुपर्छ । बाहिर हुने कुनै सहमतिलाई पनि यो हलले अपनत्व लिएपछि मात्रै अगाडि बढ्छ ।”
महामन्त्री थापाले पार्टीको विशेष महाधिवेशनलाई उपलब्धिपूर्वक ढङ्गले टुङ्ग्याउनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण