महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवालाई भेट्न महाराजगन्ज जाँदै
सारांश
- कांग्रेस सभापति देउवा, महामन्त्रीद्वयबीचको विवाद समाधानका लागि अन्तिम प्रयास भइरहेको छ।
- सहमति जुटाउन थापा र शर्मा देउवालाई भेट्न महाराज निवास जाँदैछन्।
- देउवाले राजनीतिबाट संन्यास लिने र टिकट वितरणबारे दुई पक्षबीच सहमति जुट्न सकेको छैन।
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच व्याप्त विवाद निरूपणको अन्तिम प्रयास भइरहेको छ। टेलिफोन र अन्य नेताहरू मार्फत भएको कुराकानीलाई अन्तिम रूप दिन महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास महाराजगन्ज जाँदै छन्।
सहमति जुटाउने अन्तिम प्रयासस्वरुप थापा र शर्माले देउवालाई भेट्न लागेका हुन् । त्यो वार्तामा पनि कुरा नमिलेमा दुवै पक्ष आआफ्नो बाटो लाग्ने नेताहरू बताउँछन्।
दुई समूहबिच सभापति देउवाले सक्रिय राजनीतिबाट संन्यास लिने र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई दिने टिकटमा हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने विषयमा कुरा मिलेको छैन।
यही विषयलाई कसरी टुङ्ग्याउने भनेर शीर्ष तहमै अन्तिम छलफल हुन लागेको हो । तथापि दुवै पक्ष आआफ्नो अडानमा रहेकाले सहमति हुने सम्भावना न्यून रहेको नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण