एनभिडियाका परिष्कृत एआई चिप चीनलाई बेच्न अमेरिकाले दियो अनुमति
सारांश
- अमेरिकाले एनभिडियाको एच-२०० चिप चीनमा बिक्री गर्न अनुमति दिएको छ।
- यो निर्णयले चीनको प्रविधि र सैन्य क्षमतामा फाइदा पुग्न सक्ने अनुमान गरिएको छ।
- अमेरिकाले चिप सैन्य प्रयोजनमा प्रयोग नहुने र सुरक्षा व्यवस्था हुनुपर्ने सर्त राखेको छ।
वासिङ्टन डीसी । अमेरिका सरकारले घरेलु चिप निर्माता कम्पनी एनभिडियालाई आफ्ना परिष्कृत कृत्रिम बौद्धिकता (एआई) मा आधारित चिप चीनलाई बिक्री गर्न अनुमति दिएको छ ।
वाणिज्य विभागका अनुसार एनभिडियाको एच–२०० चिप पर्याप्त मात्रामा अमेरिकाभित्र उपलब्ध गराएपछि चीन पठाउन सकिनेछ । यो अमेरिकाले चीनलाई बेच्न रोक लगाएको दोस्रो सबैभन्दा परिष्कृत चिप हो ।
यी चिपले चीनको प्रविधि र सैन्य क्षमतामा फाइदा पुग्ने भन्दै ती बेच्न प्रतिबन्ध लगाइएको थियो । चीनमा ‘स्वीकृत ग्राहक’ लाई २५ प्रतिशत शुल्कसहित चिप बिक्री गर्न अनुमति दिने राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना भनेका थिए । अमेरिकी पक्षले चिप सैन्य प्रयोजनमा प्रयोग नहुने र चिनियाँ ग्राहकसँग पर्याप्त सुरक्षा व्यवस्था हुनुपर्ने सर्त राखेको छ ।
चिपको निर्यात रोकेर अमेरिकाले प्रविधि र व्यापारलाई राजनीतिक हतियार बनाइएको आरोप चीनले लगाउँदै आएको थियो । यस कदमको एनभिडियाले स्वागत गरेको छ । यसले अमेरिकामा उत्पादन र रोजगारी दुबैलाई फाइदा पुग्ने कम्पनीका प्रवक्ताले भनेका छन् ।
एनभिडियाको एच २०० चिप र कम परिष्कृत प्रोसेसहरूका लागि निर्यात नीतिमा संशोधन गरिएको अमेरिकाको वाणिज्य मन्त्रालयको उद्योग तथा सुरक्षा विभागले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण