उत्तरी मालीमा डुङ्गा पल्टिँदा दर्जनौँको मृत्यु
सारांश
- मालीको टिम्बक्टु क्षेत्रमा नाइजर नदीमा डुङ्गा दुर्घटना हुँदा दर्जनौँ मानिसको मृत्यु भएको छ।
- डुङ्गामा सवार अधिकांश किसान परिवारका सदस्य थिए र डुङ्गा किनारा लगाउने क्रममा दुर्घटना भएको थियो।
- अल-कायदासँग सम्बन्धित आतङ्कवादी समूहको सक्रियता रहेको यस क्षेत्रमा सुरक्षा नियमहरू कडा पारिएका छन्।
बामाको । उत्तरी मालीको टिम्बक्टु क्षेत्रमा नाइजर नदीमा एउटा डुङ्गा पल्टिँदा दर्जनौँ मानिसको मृत्यु भएको छ । स्थानीय अधिकारी र मृतकका आफन्तले बताएको भन्दै बिहीबार एपीले समाचार छापेको हो ।
डायर सहर नजिकै नदी किनारमा डुङ्गालाई किनारा लगाउने प्रयास भइरहँदा दुर्घटना भएको बताइएको छ । स्थानीय अधिकारीहरूका अनुसार, डुङ्गा ढुङ्गामा ठोक्किएर नदीमा डुबेको थियो ।
अधिकारीहरूले अहिलेसम्म आधिकारिक मृत्यु सङ्ख्या जारी गरेका छैनन् । स्थानीय बासिन्दा र पूर्व सांसद अल्काइदी टौरेले चाहिँ दुर्घटनामा ३८ जनाको मृत्यु भएको र अरू २३ जना बाँचेको बताइएको छ । डुङ्गामा सवार अधिकांश किसान परिवारका थिए ।
दुर्घटनामा परिवारका २१ सदस्य गुमाएको स्थानीय बासिन्दा मौसा एग अल्मोबारेक त्राओरेले बताए । शवहरू नदीमा छरिएको र यीमध्ये केही पहिले नै सड्न थालेको उनले बताए ।प्रत्यक्षदर्शीहरूका अनुसार, डुङ्गामा सवार अधिकांश धान काटेर फर्किरहेका किसान परिवारका थिए ।
अल–कायदासँग सम्बन्धित आतङ्कवादी सङ्गठनहरू यस क्षेत्रमा सक्रिय छन् । सुरक्षा कारणहरूले गर्दा रातको समयमा यहाँ डुङ्गा राख्न निषेध गरिएको छ । तर बिहानसम्म पर्खन नचाहेका डुङ्गा चालकले अन्यत्र किनारा लगाउने प्रयास गर्दा ढुङ्गामा ठोक्किएर पल्टिएको भनिएको छ । माली दशकौँदेखि आतंकवादसँग जुधिरहेको छ । अल–कायदा समर्थित समूह जेएनआईएम टिम्बक्टु क्षेत्रमा सक्रिय छ, जसले गर्दा कडा सुरक्षा नियमहरू लागू गरिएका छन् ।
नाइजर नदीमा पहिले पनि डुङ्गा दुर्घटनाहरू भएका छन् । तर यस दुर्घटनामा मानवीय क्षति असामान्य रूपमा उच्च भएको बताइएको छ । अल्काइदी टौरेका अनुसार, सम्पूर्ण टिम्बक्टु क्षेत्र शोकमा छ । यो दुर्घटनामा ठुलो सङ्ख्यामा महिला र बालबालिका डुबेको अनि यसले समाजलाई गहिरो असर पारेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण