माघे सङ्क्रान्तिका लागि तरुलको माग बढ्यो, कति छ मूल्य ?
सारांश
- माघे सङ्क्रान्तिमा तरुलको खपत बढ्दा आयात बढेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक एकदेखि डेढ लाख किलो तरुल आयात भएको छ।
- तरुलको औसत मूल्य प्रतिकिलो ९० देखि १२० रुपैयाँसम्म रहेको छ।
काठमाडौँ । माघे सङ्क्रान्तिमा अत्यधिक खपत हुने भएकाले तरुलको आयात ह्वात्तै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा मात्रै दैनिक एकदेखि डेढ लाख किलो तरुल आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
मङ्गलवार कालीमाटी बजारमा (पुस २९ गते) १ लाख १९ हजार १६२ किलो तरुल आयात भएको उल्लेख छ । त्यस्तै, सोमबार १ लाख ४० हजार ९६६ किलो शनिबार १ लाख ४७ हजार ३९५ किलो २५ गते १ लाख ९ हजार ८० किलो तरुल कालीमाटी तरकारी बजारमा आयात भएको उल्लेख छ ।
काठमाडौँ उपत्यकामा कालीमाटी बाहेक बल्खु, जडीबुटी लगायत अन्य स्थानमा ठुला तरकारी बजार रहेका छन् । जसमा बिक्री हुने वस्तु छुट्टै आयात हुने गरेको छ ।
आज कालीमाटी तरकारी बजारमा तरुलको औसत मूल्य प्रतिकिलो ९० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
_l4qF2GfkpM.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण