सुमन सायमी सहितका अगुवाहरू नेकपा प्रवेश
बुधबार, ३० पुस २०८२, १५ : २२
सारांश
- राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष सुमन सायमी नेकपामा प्रवेश गरेका छन्।
- उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका थिए।
- सायमीले आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारी गरेका छन्।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गुठी आन्दोलनका अगुवा सुमन सायमी सहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता समायोजन कार्यक्रममा सायमीले एकता सहमतिमा हस्ताक्षर गरी नेकपा प्रवेश गरेका हुन् ।
केही समयअघि उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका थिए । सायमी आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् । २०७९ को स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उनले उम्मेदवारी दिएका थिए । त्यतिबेला सायमीले १३ हजार ७७० जना मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण