तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु
बुधबार, ३० पुस २०८२, २० : ५३
सारांश
- दाङको तुलसीपुर इलाका प्रहरी कार्यालयको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा लागु औषध मुद्दामा पक्राउ परेका दङ्गीशरण गाउँपालिकाका २५ वर्षीय रोसन चौधरी छन्।
- चौधरी ब्राउनसुगरसहित पक्राउ परेका थिए र अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरे।
तुलसीपुर(दाङ), ३० पुस : दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो ।
चौधरी गएको मङ्सिर २८ गते लागु औषध ब्राउनसुगर सहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए । पाँच दशमलव १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका उनी विरुद्ध मुद्दा चलिरहेको थियो । बिहान एक्कासी बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण