कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको सामूहिक अपिल: ‘पार्टी विभाजनतर्फ लाग्ने प्रयास स्वीकार्य छैन’
सारांश
- नेपाली कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिहरूले पार्टी विभाजनकारी गतिविधि नगर्न आग्रह गरे।
- उनीहरूले पार्टीको आन्तरिक एकता र विधानको सर्वोच्चता जोगाउन आह्वान गरेका छन्।
- आगामी निर्वाचन र विशेष महाधिवेशनको नाममा भइरहेका गतिविधिहरूलाई उनीहरूले विधान विपरीत मानेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका ५ प्रदेश सभापति र ४८ जिल्ला सभापतिहरूले पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आम कार्यकर्ता र शुभचिन्तकहरूलाई अपिल गरेका छन् । बुधबार एक सामूहिक विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीको आन्तरिक एकता र विधानको सर्वोच्चतालाई जोगाउन आह्वान गरेका हुन् ।
उनीहरूले पार्टी यति बेला इतिहासकै अत्यन्त संवेदनशील र कठिन मोडमा उभिएको उल्लेख गर्दै नेताहरूले कांग्रेसलाई सशक्त, अनुशासित र एकताबद्ध बनाउनु पर्नेमा जोड दिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भइसकेको र नियमित महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक भइसकेको अवस्थामा ‘विशेष महाधिवेशन’ का नाममा भइरहेका गतिविधिलाई उनीहरूले विधान विपरीत ठहर्याएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विशेष महाधिवेशनको नाममा विधान विपरीत गतिविधि गर्दै पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी, नेपाली कांग्रेसका शुभचिन्तक तथा समग्र मुलुकको हितमा नरहेको यथार्थ स्पष्ट छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण