विशेष महाधिवेशनबाट खुलातर्फका ३५ केन्द्रीय सदस्य चयन (सूचीसहित)
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।
- खुलातर्फका ३५ जना केन्द्रीय सदस्यहरूको निर्वाचन र सहमतिबाट चयन भएको छ।
- गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ र विनोद चौधरी लगायतका नेताहरू नयाँ कार्यसमितिमा परेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । बुधबार संस्थापन पक्षले पार्टीका प्रमुख पदाधिकारीहरूलाई निष्कासन गरेको केही घण्टाभित्रै विशेष महाधिवेशन पक्षले नयाँ कमिटी सार्वजनिक गरेको हो । बुधबार राति सम्पन्न निर्वाचन र सहमतिको प्रक्रियाबाट खुलातर्फका ३५ जना केन्द्रीय सदस्यहरू चयन भएका छन् ।
चयन भएका सदस्यहरूमा अनुभवी नेता गोपालमान श्रेष्ठ र ओमकार प्रसाद श्रेष्ठ रहेका छन् भने प्रभावशाली नेता अर्जुन नरसिंह के.सीको उपस्थिति सुनिश्चित भएको छ। त्यस्तै, काठमाडौँका प्रभावशाली नेता राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी र भरत शाह पनि खुलातर्फबाट केन्द्रीय सदस्यमा चुनिएका छन् ।
विशेष महाधिवेशनको हलले मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, र देवराज चालिसेलाई पनि केन्द्रीय सदस्यमा समेटेको छ । यसैगरी उद्योगपति एवं सांसद विनोद चौधरीले पनि गगन थापाको समूहबाट केन्द्रीय सदस्यमा स्थान पाएका छन् । उनीसँगै मोहन आचार्य, उज्वल बराल, जनक गिरी, र देव प्रसाद तिमिल्सिना पनि नयाँ कार्यसमितिमा अटाएका छन् । अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा र जगत जोशी पनि केन्द्रीय सदस्य बनेका छन् ।
महाधिवेशनले प्रमोदहरी गुरागाई, डा। केदार नरसिंह के।सी।, विदुर बस्नेत, तिर्थ जंग शाही र भरत खड्कालाई पनि खुलातर्फबाटै केन्द्रीय सदस्य बनेका छन् । यसैगरी सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, राजेन्द्र गोपाल सिंह र तिलक रानाभाटलाई पनि नयाँ नेतृत्वको टिममा सामेल गरिएको छ।
हेर्नुहोस् सूची
- गोपालमान श्रेष्ठ
- ओमकार प्रसाद श्रेष्ठ
- अर्जुन नरसिंह के.सी
- राजेन्द्र कुमार के.सी.
- अर्जुन प्रसाद जोशी
- सुरेश कुमार योङ्या
- चिनकाजी श्रेष्ठ
- सुधिर सिवाकोटी
- भरत शाह
- मधु आचार्य
- अमृत अर्याल
- धुर्व वाग्ले
- देवराज चालिसे
- विनोद चौधरी
- मोहन आचार्य
- उज्वल बराल
- जनक गिरी
- देव प्रसाद तिमिल्सिना
- अजय बाबु सिवाकोटी
- प्रेम बहादुर खड्का
- जयराम लामिछाने
- बसन्त भट्टराई
- प्रदिप शर्मा
- जगत जोशी
- प्रमोदहरी गुरागाई
- डा. केदार नरसिंह के.सी.
- विदुर बस्नेत
- तिर्थ जंग शाही
- भरत खड्का
- सुवास पोखरेल
- शम्भु बुढाथोकी
- धर्मराज गौतम
- टेकराज पौडेल
- तिलक रानाभाट
- राजेन्द्र गोपाल सिंह
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण