दोस्रो डिभिजनको टोलीसँग अप्रत्याशित हार, कोपा डेल रेबाट बाहिरियो रियल
सारांश
- नवनियुक्त प्रशिक्षक अल्भारो आर्बेलोआको पहिलो खेलमै रियल म्याड्रिड कोपा डेल रेबाट बाहिरियो।
- अल्बासेटेले रियल म्याड्रिडलाई हराउँदै प्रतियोगिताबाट बाहिर पा¥यो, जसमा एमबाप्पेजस्ता खेलाडी थिएनन्।
- आर्बेलोआले हारको जिम्मेवारी लिए र आफ्नो निर्णयको बचाउ गर्दै 'जित्न सक्ने टोली' उतारेको बताए।
म्याड्रिड । नवनियुक्त प्रशिक्षक अल्भारो आर्बेलोआको पहिलो खेलमै रियल म्याड्रिड कोपा डेल रेबाट बाहिरिएको छ। दोस्रो डिभिजनको टोली अल्बासेटेले रियललाई स्तब्ध पार्दै प्रतियोगिताबाट बाहिर पारेको हो।
आर्बेलोआले शनिबार लेभान्टेसँग हुने ला लिगाको खेललाई ध्यानमा राख्दै किलियन एमबाप्पे, रोड्रीगो, थियाबट कोर्टुवा र जुड बेलिङ्घमजस्ता प्रमुख खेलाडीहरूलाई विश्राम दिएका थिए। उनले एकेडेमीका खेलाडीहरू जोर्गे सेस्टेरो र डेभिड जिमेनेजलाई मौका दिएका थिए।

हारपछि आर्बेलोआले आफ्नो निर्णयको बचाउ गर्दै आफूले ‘जित्न सक्ने टोली’ उतारेको बताए। ‘यदि यस नतिजाको लागि कोही जिम्मेवार र दोषी छ भने, त्यो स्पष्ट रूपमा म हुँ - जसले लाइन-अप, हामी कसरी खेल्न चाहन्थ्यौँ, र प्रतिस्थापनको बारेमा निर्णय गर्यो,’ आर्बेलोआले भने।
उनले असफलतासँग नडराउने भन्दै यस हारलाई असफलताको रूपमा वर्णन गर्न चाहने जो कोहीलाई पनि बुझ्ने बताए।
खेलको ४२ औँ मिनेटमा अल्बासेटेका डिफेन्डर जाभी भिल्लारले जोसे लाजोको कर्नरमा हेडमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। रियलले पहिलो हाफको इन्जुरी समयमा फ्रान्को मास्टान्टोनोको गोलमार्फत बराबरी गरेको थियो।
तर, खेलको अन्तिम आठ मिनेटमा सब्सिच्युट खेलाडी जेफ्ते बेटान्कोरले दुई गोल गर्दै अल्बासेटेलाई जित दिलाए। गोन्जालो गार्सियाले एक गोल फर्काए पनि रियल म्याड्रिडको हार टरेन।
१५ पटकको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडमाथि अल्बासेटेको यो पहिलो जित हो। यस जितसँगै सेगुन्डा डिभिजनको टोली अल्बासेटे कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण