पार्टी प्यालेसमा थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक
सारांश
- कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक ललितपुरको कुपण्डोलमा बसिरहेको छ।
- विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो।
- संस्थापन पक्षले दुवै महामन्त्रीलाई अनुशासनको कारबाही गर्दै पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ।
काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बसिरहेको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बैठक बसिरहेको हो ।
गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अहिले बसिरहेको सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिइन् ।
काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार मध्यरातमा थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।
पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विभाजित भएको हो ।
संस्थापन पक्षले बुधबार केन्द्रीय कार्यसमिति बैठक राखेर दुवै महामन्त्री थापा र शर्मालाई अनुशासनको कारबाही गरेर पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको घोषणा गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण