गाजामा शान्ति योजनाको दोस्रो चरण सुरु
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति योजना सुरु गरे।
- यस चरणमा गाजामा प्राविधिक प्यालेस्टिनी सरकार गठन र पुनर्निर्माणको योजना छ।
- हमासले हतियार नत्याग्ने अडान लिएको र इजरायल पूर्ण रूपमा फिर्ता नभएकाले चुनौती छ।
रफाह । गाजामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि बढाएको शान्ति योजनाको दोस्रो चरण सुरु भएको घोषणा अमेरिकाले गरेको छ । अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार यस चरणमा गाजामा एक प्राविधिक (टेक्नोक्रेटिक) प्यालेस्टिनी सरकार गठन गरिनेछ ।
प्रशासनिक जिम्मेवारी यही सरकारले सम्हाल्नेछ । यसका साथै गाजाको व्यापक पुनर्निर्माण, मानवीय सहायता विस्तार र सम्पूर्ण क्षेत्रलाई निःशस्त्रीकरण गर्ने योजना पनि यो चरणमा समावेश छ ।
यस अन्तर्गत हमाससहित सबै सशस्त्र प्यालेस्टिनी समूहका हतियार फिर्ता गराउने लक्ष्य राखिएको छ । हमासले आफ्ना दायित्व पूर्ण रूपमा पालना गर्नुपर्ने चेतावनी दिँदै बाँकी रहेका अन्तिम इजरायली बन्दीको शव फिर्ता गर्नुपर्ने पनि विटकफले बताएका छन् । दायित्व उल्लङ्घन भए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी उनको छ ।
तर यस चरणमा दुई मुख्य बुँदा कार्यान्वयनमा चुनौती हुने देखिएको छ । हमासले स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नत्याग्ने अडान लिएको छ भने इजरायलले गाजाबाट पूर्ण रूपमा फिर्ता हुने प्रतिबद्धता जनाएको छैन ।
यसैबिच युद्धविराम नाजुक अवस्थामा रहेको र उल्लङ्घनका आरोपबिच गाजामा मानवीय अवस्था अझै गम्भीर रहेको संयुक्त राष्ट्रसङ्घले जनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण