अबको युग गगन थापाको : कांग्रेस नेताहरू
सारांश
- सहमहामन्त्री डिला संग्रौलाले गगन थापाको नेतृत्वमा देश अघि बढ्ने बताएकी छिन्।
- सहमहामन्त्री बहादुर सिंह लामाले जेनजीको आन्दोलनले नयाँ रूपान्तरण खोजेको बताए।
- सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा पार्टी सहभागी हुने बताए।
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री डिला संग्रौलाले नेपालको नेतृत्व अब सभापति गगन थापाले गर्ने बताएकी छन् । थापा नेतृत्वको केन्द्रीय कार्य समितिको बैठकमा भाग लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अबको युग गगन थापाको भएको दाबी गरिन् ।
संग्रौलाले देश चलाउनका लागि नयाँ सोच, विचार र एजेण्डा चाहिने बताइन् । त्यो आशा र भरोसा जगाउन सक्ने सभापति गगन थापा मात्रै रहेको उनको भनाइ छ । जनताका अपेक्षालाई पूरा गर्न आफूहरू प्रतिवद्ध रहेको उनले उल्लेख गरिन् । गगन थापाको नेतृत्वले देश हाँक्ने भन्दै उनले देश हाँक्नका लागि नयाँ सोच आवश्यक रहेको र युग नायक पुनर्जागरणको युग सुरु भएको जिकिर गरिन् ।
यस्तै, सहमहामन्त्री बहादुर सिंह लामाले जेनजीको आन्दोलनले नयाँ रूपान्तरण खोजेकोले सोही अनुसार आफूहरू अगाडि बढेको बताए । एउटै अनुहार देखेर जनता वाक्क भइसकेको उनको भनाइ छ ।
उनले आगामी निर्वाचनमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा लिएर जनतामा जाने बताए । विशेष महाधिवेशनले जनताको र युवाको मन छुने, रोजगारी सिर्जना हुने तथा सुशासनका विधि लगायतका स्पष्ट नीति पारित गरेकोले सोही नीतिअनुसार अगाडि बढ्ने उनले जानकारी दिए । उनले विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
अर्का सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा पार्टीले भाग लिने बताए । उनले चुनावको अगाडि अन्यौल सिर्जना गर्न खोजेको नभई सबै नयाँ जोस जाँगर लिएर आएको बताए ।
निर्वाचनका लागि ६ गते उम्मेद्वारी दर्ता गर्नुपर्ने भएकाले त्यसका लागि पार्टीले विभिन्न निर्णय गर्ने जानकारी उनले दिए । बैठकले घोषणापत्र तयार गर्ने, निर्वाचन परिचालन समिति गठन गर्ने लगायतका विभिन्न समितिहरू बनाउने उनले बताए । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समितिको बैठक बिहीबार ललितपुरको कुपण्डोलमा बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण