कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन : शेखर कोइराला
सारांश
- डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास असफल भएको बताए।
- उनले पार्टीभित्रका अन्तरविरोध र षडयन्त्रका कारण कांग्रेस कमजोर भएको बताए।
- डा. कोइरालाले पार्टीलाई एकढिक्का बनाउन नसक्नु दुःखद भएको टिप्पणी गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका छन् । उनले दोष–निर्दोषको बहसमा नलागी यस विषयको वस्तुपरक समीक्षा इतिहासले गर्ने बताएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै डा. कोइरालाले कांग्रेस एक भएर आसन्न निर्वाचनमा जान सबैको इमानदार प्रयास रहे पनि त्यसो हुन नसकेको उल्लेख गरेका छन् । पार्टीभित्र देखिएका र नदेखिएका अन्तरविरोध र विभिन्न षडयन्त्रका कारण कांग्रेस कमजोर भएको उनको भनाइ छ ।
डा. कोइरालाले यस कठिन घडीमा बीपी कोइरालाको स्मरण गर्नुपर्ने बताउँदै कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नु नियतिको कठोर सत्य भएको टिप्पणी गरेका छन् । उनले आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउन संगठनात्मक उर्जा एकतावद्ध हुनुपर्नेमा जोड दिए ।
पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया जारी रहने उल्लेख गर्दै डा. कोइरालाले सबै कार्यकर्तालाई ‘घर फर्कन, कांग्रेसमा फर्कन’ आह्वान समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण