नवौँ संस्करणको निफ चैत १९ बाट
सारांश
- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौँ संस्करण चैत १९ देखि २३ गतेसम्म हुने भएको छ, जसमा ४० देशका ८८ चलचित्र देखाइनेछ।
- निफले युवा पुस्तालाई लक्षित गरी चलचित्र छनोट गरेको छ, जसमा एआई चलचित्र निर्माण कार्यशाला पनि समावेश छन्।
- महोत्सवमा उत्कृष्ट चलचित्रहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ, जसमा नगद पुरस्कार र ट्रफी समावेश छन्।
काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व चलचित्र बजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २-६, २०२६) सम्म हुने भएको छ ।
निफको नवौँ संस्करणमा दर्शकहरूले पाँच दिनभित्र ४० देशका ८८ चलचित्रहरू हेर्न पाउनेछन् र चलचित्रकर्मीहरूसँग अन्तरक्रिया गर्ने अवसर पनि पाउनेछन्।
‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो । यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर चलचित्रहरू चयन गरिएको निफले जनाएको छ ।
‘हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रहरूलाई प्राथमिकता दिएका छौँ । निफलाई युवा मैत्री बनाउने हाम्रो प्रयास रहेको छ,’ निफका अध्यक्ष केपी पाठक भन्छन्, ‘युवा मेकरहरूलाई प्रोत्साहन गर्न हामीले एआई चलचित्र मेकिङको कार्यशाला लगायतका सेसन पनि राखेका छौँ । चलचित्रबाट युवा दर्शकहरूलाई आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ ।’
यो वर्ष ८० बढी देशबाट ८०० बढी चलचित्रहरूले महोत्सवमा सहभागी हुन आवेदन दिएको निफले जनाएको छ ।
ती ८०० मध्येका उत्कृष्ट र युवाको चासोमा रहेका चलचित्रहरू चयन गरिएकाले यस संस्करणको निफको स्क्रिनिङ विशेष रहने ‘महोत्सव चलचित्र छनोट समिति’को विश्वास छ ।
‘पहिलाका संस्करणको तुलनामा यो पटक बढी चलचित्रको सहभागिता भएको छ । सबैभन्दा बढी फिल्म प्राप्त भएको संस्करण बनेको छ,’ अध्यक्ष पाठक भन्छन्, ‘यो भनेको अन्तर्राष्ट्रिय फिल्म समुदाय र मेकरहरूको निफप्रतिको विश्वास बढेको हो ।’
विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका,संघाई, लोकार्नो, बुसान, गोवालगायत चलचित्र महोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर चलचित्र, सर्टफिल्म, एआईबाट बनेका चलचित्र र डकुमेन्ट्रीहरू गरी ४० देशका ८८ वटा चलचित्रहरू निफले छनोट गरेको हो ।
गत जुनमा निफले विश्वव्यापी आवेदन खुलाएको थियो । त्यसबेला निफ फागुनमा २१ देखि सुरु हुने घोषणा गरिएको थियो ।गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनले फागुनमा आम निर्वाचन हुने भएकाले यसको मिति एक महिनापछि सारिएको छ ।
अध्यक्ष पाठक भन्छन्, ‘निर्वाचन हुँदा यातायात देखि सुरक्षाका विषयहरू सरोकारमा पर्छन् । यिनै सुरक्षा र जटिलतालाई मध्यनजर गरी तथा आगामी निर्वाचन विशेष महत्वको भएकोले सबैको चासो र आम जनता सहभागिता हुनुपर्ने अवस्थालाई समेत ख्याल गर्दै निफलाई एक महिनापछि सारिएको हो ।’
- यी विधामा दिइनेछ अवार्ड
निफको शीर्ष अवार्ड सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रका विजेता ‘गौतम बुद्ध अवार्ड’बाट एक हजार पाँच सय (१,५००) अमेरिकी डलर नगद र ट्रफीले पुरस्कृत हुनेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रका विजेता एक लाख (१,००,०००) रुपैयाँ नगद र ट्रफीले सम्मानित हुनेछन् ।
डकुमेन्ट्री फिल्म विधामा सर्वोत्कृष्ट ठहर हुने ‘माउन्टे एभरेस्ट अवार्ड’ विजेता घोषित भई पुरस्कार स्वरुप एक हजार (१,०००) अमेरिकी डलर र ट्रफी पाउनेछन् ।
सर्वोत्कृष्ट दक्षिण एसियाली फिचर चलचित्र विधाका विजेता पनि पाँच सय(५००)अमेरिकी डलर र ट्रफीले सम्मानित हुनेछन् ।
एआई चलचित्र विधाका विजेता‘मञ्जुश्री अवार्ड’मार्फत पाँच सय(५००) अमेरिकी डलर र ट्रफीले पुरस्कृत हुनेछन् ।
अन्तर्राष्ट्रिय स्टुडेन्ड सर्ट फिल्मका विजेताले ‘बेस्ट स्टुडेन्ड फिल्म अवार्ड’को ट्रफी पाउनेछन् ।
राष्ट्रिय सर्ट फिल्म विधाका विजेताले ‘सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड’मार्फत पचास हजार(५०,०००) रुपैयाँ नगद र ट्रफी पाउनेछन् ।
त्यस्तै, राष्ट्रिय डुकुमेन्ट्री विधाका विजेताले ‘वेस्ट नेस्नल डकुमेन्ट्री’ अवार्डको ट्रफीसहित पचास हजार(५०,०००)रुपैयाँ र ट्रफी पुरस्कार पाउनेछन् ।
राष्ट्रिय फिचर चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री ,पटकथा लेखक, छायाकार चाहिँ ट्रफीले पुरस्कृत हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण