विप्लव र मिराज ढुंगानाबिच ४ बुँदे सहमति
सारांश
- विप्लव नेतृत्वको नेकपा र अभियन्ता मिराज ढुंगानाको समूहबीच ४ बुँदे सहमति भएको छ।
- सहमतिमा अन्तरिम सरकार गठन, राज्यको पुनर्संरचना, र भ्रष्टाचार विरुद्ध न्यायिक निकाय गठनका लागि संघर्ष गर्ने उल्लेख छ।
- ढुंगानाको समूह माइतीघर मण्डलामा धर्नामा बसेको थियो र जेनजी विद्रोहका मागहरू पुरा गर्न संघर्ष गर्ने सहमति भएको छ।
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबिच ४ बुँदे सहमति भएको छ । बिहीबार माइतीघरमा ती दुई पक्षबिच सहमति भएको हो ।
नेकपा (माओवादी)का महासचिव विप्लव र अभियन्ता ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने, जेनजी विद्रोहका माग पुरा गर्न संघर्ष गर्ने लगायतका माग समेटिएको छ ।
ढुंगाना नेतृत्वको समूह पछिल्ला दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेको छ ।
सहमतिका बुँदा-
सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने
आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशाेधन र स्थिर सरकार गठन गर्ने
जेनजी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने
भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण