कञ्चनपुर–२ : रास्वपा र राप्रपाबाट एकल सिफारिस, ठुला दलमा भने हानथाप
सारांश
- कञ्चनपुर २ मा फागुन २१ मा हुने चुनावका लागि विभिन्न दलहरूले उम्मेदवार टुंगो लगाउँदै प्रचार थालेका छन्।
- रास्वपाबाट दीपक बोहरा र राप्रपाबाट सम्राट सिंह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने कांग्रेस र एमालेमा उम्मेदवार छनोटको अन्योल छ।
- मतदाताहरूमा पुराना दलहरूप्रति केही वितृष्णा र नयाँ अनुहारलाई मौका दिने चाहना देखिएको छ।
धनगढी । प्रतिनिधि सभा अन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा यस पटकको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । फागुन २१ मा हुने चुनावका लागि केही दलले औपचारिक घोषणा नभए पनि उम्मेदवार टुङ्ग्याएर प्रचार अभियान थाल्दा केही दलमा उम्मेदवारीकै लागि हानथाप चलिरहेको छ ।
रास्वपाबाट सो निर्वाचन क्षेत्रमा पार्टीका सचिवालय सदस्यसमेत रहेका दीपक बोहरालाई उम्मेदवारी दिने निधो भइसकेको छ । यद्यपि पार्टीले औपचारिक घोषणा गर्न बाँकी छ । सो क्षेत्रबाट उम्मेदवारमा एकल सिफारिस भएका बोहराले चुनाव प्रचार अभियान थालिसकेका छन् ।
बोहरा सञ्चार क्षेत्रबाट राजनीतिमा आएका हुन् । रास्वपा सभापति रवि लामिछाने सञ्चारकर्ममा रहँदा नै बोहरा र लामिछानेबिच सहकार्य हुँदै आएको थियो । बोहराले कार्यक्रम उत्पादनमा लामिछानेलाई सहयोग गर्दै आएका थिए ।
‘समाजका हरेक मुद्दामा रहेर कलम चलाएँ, तर समस्या ज्युँका त्युँ रहे । समस्या समाधान नभएपछि आफैँ राजनीतिमा आएको हुँ,’ बोहराले भने, ‘यो पटक जनताले नयाँलाई मौका दिनुपर्छ ।’
उनी यतिबेला कञ्चनपुर–२ का विभिन्न गाउँबस्ती र टोल–टोलमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन् । उम्मेदवारीमा एकल सिफारिस भएसँगै उनलाई प्रचारमा हिँड्न सहज भएको देखिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि यो क्षेत्रबाट सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरेको छ । राप्रपाले सम्राट सिंहलाई उम्मेदवारका रूपमा अघि सारेको हो । सिंह राप्रपाका अनुभवी र स्थानीयस्तरमा राम्रो पकड भएका नेता मानिन्छन् । उनी पनि आफ्नो टिमसहित चुनावी तयारीमा जुटेका छन् ।
२०७९ सालको निर्वाचनमा कञ्चनपुर–२ बाट नेपाली कांग्रेसका एनपी साउद विजयी भएका थिए । यद्यपि, निर्वाचनकै सम्मुख नेपाली कांग्रेस विभाजित भएका कारण कांग्रेसबाट कसले उम्मेदवारी दिने र कांग्रेसकै अर्को पक्षको भूमिका कस्तो रहने भन्नेबारे अन्योल छ ।
नेकपा एमालेले यो क्षेत्रमा कसलाई उम्मेदवार बनाउँछ भन्ने टुङ्गो लाग्न बाँकी छ । एमालेबाट अशोक कुमार चन्द, नरबहादुर धामी र पार्वती जोशी प्रमुख दाबेदारका रूपमा देखिएका छन् । उनीहरू तीनै जना बलिया उम्मेदवार मानिएकाले पार्टीले कसलाई टिकट दिने भन्ने अहिलेसम्म यकिन छैन ।
२०७९ सालको निर्वाचनमा कञ्चनपुर–२ बाट नेपाली कांग्रेसका एनपी साउद विजयी भएका थिए । यद्यपि, निर्वाचनकै सम्मुख नेपाली कांग्रेस विभाजित भएका कारण कांग्रेसबाट कसले उम्मेदवारी दिने र कांग्रेसकै अर्को पक्षको भूमिका कस्तो रहने भन्नेबारे अन्योल छ ।
पार्टी विभाजित हुनुअघि यहाँ कांग्रेसबाट मुख्यगरी तीन जनाको नाम चर्चामा थियो । पूर्वमन्त्री एनपी साउद, हरिप्रसाद बोहरा र दलबहादुर बोहराको नाम केन्द्रमा सिफारिस गरिएको थियो ।
विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिका पक्षधर नेता भीम बडुवालले नातावाद, कृपावाद र पैसाको बलमा टिकट पाउने परिपाटी तोड्दै योग्य उम्मेदवारलाई अघि सार्ने नीति लिइने बताए । अब उम्मेदवार बन्न ४–५ वटा मापदण्ड पार गर्नुपर्ने उनको भनाइ छ ।
पार्टीभित्रको फुट र असन्तुष्टिका कारण कांग्रेसबाट यहाँ फेरि उम्मेदवारको सिफारिस हुन सक्ने र त्यसले थप रस्साकस्सी निम्त्याउने देखिन्छ ।
यसपटकको चुनावी प्रतिस्पर्धा विगतभन्दा फरक हुने भएपछि मतदाता भने उत्साहित देखिएका छन् । एकातिर पुराना र स्थापित दलहरूको परम्परागत भोट बैंक छ भने अर्कोतिर नयाँ दलहरूको आक्रामक प्रचारशैलीका बिच चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको हो ।
नेपाली कम्युनिस्ट पार्टीमा पनि आकांक्षीहरूको भिड देखिएको छ । यहाँबाट पहिलो नम्बरमा लालबहादुर खड्काको नाम चर्चामा छ । त्यसबाहेक जयराज पाण्डेय, हरिष ठकुल्ला, कमल क्षेत्री, माधव पन्त, महेश दत्त जोशी, दुर्गा जोशी भट्ट र तोयराज जोशी लगायतको नाम उम्मेदवारको सूचीमा छ । यति धेरै आकाङ्क्षी हुँदा सर्वसम्मत उम्मेदवार छान्न निकै सकस पर्ने देखिन्छ ।
यी बाहेक कञ्चनपुर–२ मा नागरिक उन्मुक्ति पार्टी, उज्यालो पार्टी लगायतका अन्य दलहरू पनि चुनावी मैदानमा उत्रिने तयारीमा छन् । उनीहरूले पनि आ–आफ्नो उपस्थितिलाई बलियो बनाउने प्रयास गरिरहेका छन् ।
यसपटकको चुनावी प्रतिस्पर्धा विगतभन्दा फरक हुने भएपछि मतदाता भने उत्साहित देखिएका छन् । एकातिर पुराना र स्थापित दलहरूको परम्परागत भोट बैंक छ भने अर्कोतिर नयाँ दलहरूको आक्रामक प्रचारशैलीका बिच चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको हो ।
कृष्णपुर नगरपालिका–२ का स्थानीय भाका नेपाली नयाँ अनुहार रोज्ने योजनामा छिन् । ‘सधैँ उही पुराना अनुहारलाई कति भोट दिनु भन्ने लागेको छ, उनले भनिन्, ‘नयाँलाई मौका दिने कि भन्ने मनसाय छ ।’
सोही ठाउँकी तारा चौधरीले भने घरसल्लाह गरेरमात्रै भोट दिने बताइन् ।मतदातामा पुराना दलहरूप्रति केही वितृष्णा र नयाँहरूप्रति केही आशा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण