बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट न मुलुक बन्छ, न कुनै पार्टी : नेता भण्डारी

शुक्रबार, ०२ माघ २०८२, ०७ : २१
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • डा. चन्द्र भण्डारीले गालीलाई राजनीति ठान्ने प्रवृत्तिले मुलुक र दल नबन्ने बताए।
  • उनले कांग्रेसलाई एक बनाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा धारणा राखे।
  • भण्डारीले सत्य, अनुशासन र जिम्मेवारी बिना पार्टी, मुलुक र लोकतन्त्र सुरक्षित नहुने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट मुलुक र राजनीतिक दल नबन्ने ठोकुवा गरेका छन् । कांग्रेसलाई एक बनाउन नसकेको प्रसङ्गमा आफ्नो आलोचना भएको भन्दै यस्ताे बताएका हुन् । 

सामाजिक सञ्जालमा उनले भनेका छन्– 'साथीहरूको चासो र चिन्तालाई म हृदयदेखि स्वागत गर्छु । त्यसप्रति मेरो आदर र सम्मान छ। एउटै रेलमा सबै सँगै अघि बढौँ भन्ने चाहना थियो। यात्रु बोलाउँदै–बोलाउँदै रेल भने हिँडिसक्यो। यही तरिकाले अघि बढिरहँदा दुवै रेल यात्रुविहीन हुन सक्छन्। त्यसपछि मात्र बुझिन्छ— “सँगै हिँडौँ” भन्ने धारणा वास्तवमा के हो। त्यस दिन पुष्टि हुनेछ— हाम्रो प्रयास स्वार्थबाट होइन, व्यक्तिगत लाभका लागि होइन, सत्य र जिम्मेवारीबाट जन्मिएको थियो।'

उनी थप लेख्छन्– 'आज चारैतिर विकृति मात्र देखिन्छ। आज एउटा गहिरो प्रश्न उब्जिएको छ— हाम्रो नेपाली पाठ्यक्रम र सामाजिक नैतिक शिक्षाको दिशा नै उल्टो त परेन ? सत्य र असत्य छुट्याउने विवेक किन हराउँदै गयो ? सत्य नबुझी, जिम्मेवारी नबोकी, गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट न मुलुक बन्छ, न कुनै पार्टी।'

'आफ्नै घर भत्काएर जनताको विश्वास जितिन्छ भन्ने भ्रम कसले रोप्यो ? सत्य, अनुशासन र जिम्मेवारी विना न पार्टी बलियो हुन्छ, न मुलुक र न लोकतन्त्र सुरक्षित रहन्छ', भण्डारीले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप