साबिक विजेता बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा
सारांश
- बार्सिलोनाले कोपा डेल रेको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ, सान्तान्डेरलाई पराजित गर्दै।
- रियल म्याड्रिड भने अल्बासेटेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो, प्रशिक्षक अर्बेलोआको नेतृत्वमा पहिलो खेल थियो।
- बार्सिलोनाका फेरान टोरेस र लामिन यमलले गोल गरे, जसले बार्सिलोनाको जित सुनिश्चित गर्यो।
क्याम्प नाउ । साबिक विजेता बार्सिलोनाले रेसिङ सान्तान्डेरविरुद्धको कठिन खेल जित्दै कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। दोस्रो डिभिजनको टोली सान्तान्डेरको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले सङ्घर्षपूर्ण जित निकालेको हो।
अर्कोतर्फ, बुधबार राति भएको खेलमा रियल म्याड्रिड भने दोस्रो डिभिजनकै टोली अल्बासेटेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। जाबी अलोन्सोको स्थानमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका अल्भारो अर्बेलोआको नेतृत्वमा रियलको यो पहिलो खेल थियो।
ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो श्रेणीको प्रतिद्वन्द्वी विरुद्ध गोल गर्न निकै समय कुर्नुपरेको थियो। खेलको दोस्रो हाफमा फेरान टोरेसले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
मैदानमा बलमाथि नियन्त्रण राखे पनि बार्सिलोनाले सान्तान्डेरको रक्षापङ्क्ति तोड्न सकिरहेको थिएन। विकल्पका रूपमा मैदान छिरेका फर्मिन लोपेजले सान्तान्डेरको डिफेन्स लाइनको बिचबाट मिलाइदिएको पासमा कप्तान टोरेसले गोलकिपर जोकिन एज्किएटालाई छक्याउँदै बललाई जाली चुमाएका थिए।
खेलको इन्जुरी समयमा लामिन यमलले राफिन्हाको क्रसलाई पोस्टको नजिकैबाट गोलमा परिणत गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। हारका बाबजुद सान्तान्डेरले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। हाल दोस्रो डिभिजनको शीर्ष स्थानमा रहेको यो टोली सन् २०१२ पछि पहिलो पटक ला लिगामा बढुवा हुने दाउमा छ।
हान्सी फ्लिकको नेतृत्वमा रहेको बार्सिलोनाले गत सिजनको फाइनलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउँदै उपाधि जितेको थियो। बार्सिलोनाले अब सोमबार हुने ड्र मार्फत अन्तिम आठको प्रतिद्वन्द्वी थाहा पाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण