अपडेट
निर्वाचन आयोगमा सुरक्षाकर्मी थपियो
शुक्रबार, ०२ माघ २०८२, १० : ३८
सारांश
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा पारिएको छ, सुरक्षाकर्मीको संख्या बढाइएको छ।
- नेपाली कांग्रेसमा विवाद बढेपछि नेता तथा कार्यकर्ताको उपस्थिति बाक्लो भएपछि सुरक्षा बढाइएको हो।
- कांग्रेसका देउवा पक्षका नेता कार्यकर्ता छलफलका लागि आयोग पुगेका छन्, तरुण दलका कार्यकर्ता पनि उपस्थित छन्।
काठमाडौँ । निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुरक्षाकर्मीको सङ्ख्या बढाइएको हो ।
नेपाली कांग्रेसभित्र बढेको विवादसँगै सो पार्टीका नेता कायकर्ताहरूको बाक्लो उपस्थिति भएसँगै आयोगमा शुक्रबार थप सुरक्षा तैनाथ पनि बढाइएको हो । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगमा पुगेसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
बिहीबार बिहानै आयोगमा कांग्रेस देउवा पक्षका नेता कार्यकर्ताहरू पुगेका छन् । केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्तसँग छलफलका लागि उनको कार्यकक्षमा पुगेका छन् भने आयोग परिसरमा तरुण दलका कार्यकर्ताहरू उपस्थित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण