अपडेट
निर्वाचन आयोगको गेटमै रोकियो गगन थापा समूह
शुक्रबार, ०२ माघ २०८२, १४ : २०
सारांश
- नेपाली कांग्रेसका गगन थापा समूहलाई निर्वाचन आयोगको गेटमै रोकियो।
- शुक्रबार थापा समूह निर्वाचन आयोग पुगेको थियो।
- देउवा समूह आयोगभित्रै रहेकाले थापा समूह प्रवेश गरेन।
काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा सभापति भएको समूहलाई निर्वाचन आयोगको गेटमै रोकिएको छ । शुक्रबार सो समूह निर्वाचन आयोग पुगे पनि गेटमै रोकिएको हो ।
शुक्रबार अपराह्न शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोग पुगेको थियो । सो समूह आयोगभित्रै रहेकाले आफूहरू भित्र प्रवेश नगरेको थापा समूहकी केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।
देउवा समूह विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाको हस्ताक्षर फिर्ता गरेको प्रमाण बुझाउन निर्वाचन आयोगमा पुगेको थियो ।
थापा समूह भने आधिकारिकताको माग गर्दै धर्ना दिन आयोग कार्यालय पुगेकाे हो । यद्यपि, केहीबेर पछि थापा समूह आयोग प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण