संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय तत्काल सच्याउन नेपाल बारको माग
सारांश
- नेपाल बार एसोसिएसनले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको निर्णयको विरोध गरेको छ।
- बारले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा नचलाउने निर्णय फिर्ता लिन माग गरेको छ।
- बारले यो निर्णयले अदालतको क्षेत्राधिकारमा आघात पुग्ने र कानुनी शासनको उल्लंघन हुने जनाएको छ।
काठमाडौँ । नेपाल बार एसोसिएसनले महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा नचलाउने गरी गरेको निर्णयको विरोध गरेको छ । बारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको हो ।
गत पुस ३० गते महान्यायाधिवक्ताको कार्यालयले ठगी तथा सहकारी ठगीको अभियोग कायम राख्दै लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी भने कायम नरहने निर्णय गरेको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन गर्ने उक्त निर्णयप्रति बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बारका महासचिव केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा मुद्दा फिर्ता सम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र सर्वोच्च अदालतले प्रतिपादन गरेका सिद्धान्त विपरीत भएको उल्लेख छ । छनौटपूर्ण तरिकाले गरिएको यस्तो निर्णयले अदालतको क्षेत्राधिकारमा आघात पुग्ने र स्वतन्त्र न्यायपालिकाको अवधारणामा असर पर्ने बारको निष्कर्ष छ ।
यस्तो कार्यले फौजदारी न्याय प्रणालीमा विचलन ल्याउने, कानुनी शासनको उल्लंघन हुने र कार्यकारीको स्वेच्छाचारिता बढ्ने बारले बताएको छ ।
अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणले दण्डहीनतालाई प्रश्रय दिने भन्दै बारले कानुनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण