बाराका चारै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना
सारांश
- बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरियो।
- निर्वाचन आयोगले बाराका चारवटै क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिसकेको छ, जसमा शम्भुकुमार बस्नेत, किरणकुमार सिंह, प्रकाश अधिकारी र गम्भीर घिमिरे रहेका छन्।
- निर्वाचन अधिकृत घिमिरेले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै माघ ६ गतेदेखि औपचारिक कार्यक्रम सुरु हुने बताए।
बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार एक कार्यक्रमका बिच विभिन्न स्थानमा कार्यालयहरू सञ्चालनमा ल्याइएको हो।
बारा क्षेत्र नं. १ को कोल्हवी नगरपालिका, क्षेत्र नं. २ को महागढीमाई नगरपालिका, क्षेत्र नं. ३ को जिल्ला समन्वय समिति र क्षेत्र नं. ४ को राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन आयोगले यसअघि नै बाराका चारवटै क्षेत्रका लागि निर्वाचन अधिकृतहरू खटाएको थियो।
जसअनुसार क्षेत्र नं. १ मा शम्भुकुमार बस्नेत, क्षेत्र नं. २ मा किरणकुमार सिंह, क्षेत्र नं. ३ मा प्रकाश अधिकारी र क्षेत्र नं. ४ मा गम्भीर घिमिरेलाई जिम्मेवारी तोकिएको छ। बारा जिल्ला अदालतका न्यायाधीश प्रकाश अधिकारीलाई मुख्य निर्वाचन अधिकृत र क्षेत्र नं. ३ को दोहोरो जिम्मेवारी दिइएको छ।
कार्यालय स्थापनासँगै क्षेत्र नं. ४ का निर्वाचन अधिकृत गम्भीर घिमिरेले आफ्नो मुख्य उद्देश्य स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु रहेको बताए। "निर्वाचनका क्रममा हाम्रो कुनै पनि राजनीतिक दलप्रति झुकाव हुने छैन," उनले भने, "माघ ६ गतेदेखि निर्वाचनका औपचारिक कार्यक्रमहरू सुरु हुनेछन्।"
पछिल्लो तथ्याङ्कअनुसार बारामा कुल मतदाताको सङ्ख्या ४ लाख ६५ हजार ७६५ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण