भक्तपुरमा छोराले गरे आमाको हत्या
शनिबार, ०३ माघ २०८२, ११ : ४५
सारांश
- भक्तपुरको मध्यपुर थिमिमा एक छोराले आफ्नै आमाको हत्या गरेका छन्।
- २७ वर्षीय प्रवीण भण्डारीले ५० वर्षीया सरिता भण्डारीको हत्या गरेका हुन्।
- आमाको हत्यापछि प्रवीण घाइते भएका छन् र उनको उपचार भइरहेको छ।
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमिमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । शुक्रबार राति मध्यपुर थिमि नगरपालिका– ३ मा २७ वर्षीय प्रवीण भण्डारीले ५० वर्षीय सरिता भण्डारीको हत्या गरेका हुन् ।
प्रविणले शुक्रबार राति करिब ११ बजे आमा सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘प्रवीणलाई डिप्रेशन भएको भन्ने बुझिएको छ । शुक्रबार उनले आमाको हत्या गरेको पुष्टि भएको छ । उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा सरिताको मृत्यु भएको हो ।’
घटनामा प्रवीण पनि घाइते भएको र उनकाे पनि उपचार भइरहेकाे उनले बताए । धनुषाको मिथिला नगरपालिका–११ घर भएका उनीहरू मध्यपुर थिमिमा डेरामा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण