सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ

शनिबार, ०३ माघ २०८२, १२ : ३१
शनिबार, ०३ माघ २०८२

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा खेल्न प्रयोग गरिने सामग्रीहरू बरामद गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ९ का जय किशोर साह, भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ३ का हेमन्त राई, मोरङको कटहरी गाउँपालिका वडा नं. ५ का सोनलाल राजवंशी र मोरङकै सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ का इन्द्र आचार्य रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ। प्रहरीले समाजमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रतिबद्ध रहेको बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप