गगन थापाको नेतृत्वलाई स्वीकार गरेर कांग्रेस अघि बढ्नुको विकल्प छैन : सुनिल शर्मा
सारांश
- डा. सुनिल शर्माले गगन थापाको नेतृत्व स्वीकार्दै अघि बढ्नुको विकल्प नभएको बताए।
- उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने र बहुमत ल्याएर गगन थापा प्रधानमन्त्री बन्ने दाबी गरे।
- शर्माले देउवा पक्ष ओलीसँग मिल्न जाने सम्भावना नरहेको र पार्टीभित्र विवादको ठाउँ नभएको बताए।
काठमाडाैँ । नेपाली कांग्रेसका नेता नेता डा.सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवफ दिने क्रममा उनले निर्वाचन आयोगले आधिकारिकता दिलाएको कांग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर संस्थापन पक्षका नेताहरु पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गरेका हुन् ।
उनले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुन गएको र त्यसले चयन गरेको नयाँ नेतृत्वलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको दायित्व रहेको समेत बताए । नेता शर्माले संस्थापन पक्षका नेताहरुलाई सभापति थापा, उपसभापति शर्मालगायतका नेताहरुले मिलाएर लैजाने विश्वास समेत व्यक्त गरे ।
उनले आगामी निर्वाचनमा कांग्रेस एक्लैले लडने र बहुमत प्राप्त गरी सभापति थापा प्रधानमन्त्री बन्ने दाबी समेत गरे । गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि आफूहरु लाग्ने नेता शर्माको भनाइ थियो ।
उनले भने, ‘पार्टीमा अधिकांश मानिसहरु उत्पीडित थिए । स्पेसल्ली ५ वर्ष भित्रमा नहुनुपर्ने धेरै कुराहरु कांग्रेस पार्टी भित्र भएका थिए । संस्थापनमा नलागेका साथीहरुलाई उत्पीडनमा राखिएको थियो । टिकट वितरणमा ठूलो चलखेल हुन्थ्यो । यी विविध कुराहरुले गर्दा पब्लिक, आम नागरिक र क्याडरले पनि चेन्जेज चाहेको थियो । त्यो चेन्जको यो एउटा परिणाम हो । अब यसलाई सबैले स्वीकारेर जाने र पार्टीलाई मिलाएर जाने बाहेक अर्को विकल्प छैन । पार्टीलाई मिलाउनुपर्छ दुवै पक्षका नेताहरुले । अहिले पार्टी फुटेको होइन ।’
उनले देउवा पक्ष ओलीसँग मिल्न जान्छ भन्ने नलागेकाे बताए । उनले भने, ‘देउवा पक्ष ओलीसँग मिल्न जानुहुन्छ जस्तो मलाई लाग्दैन । नेपाली कांग्रेस पार्टी गठबन्धनको पक्षमा जाँदैन । सिंगल चुनाव लडछ । २६५ वटै ठाउँमा हाम्रा उम्मेदवारहरु हुन्छन् । मलाई लाग्छ– हामी मेजरिटी ल्याउँछौ । मलाई के लाग्छ भने नयाँ आएको टिम हाम्रा दाईहरु हुनुहुन्छ, हिजो भएको मिस्टेक अब हुँदैन होला । अहिले गठबन्धन हुन्छ जस्तो मलाई लाग्दैन । अबको मेजरिटीसहितको प्रधानमन्त्री गगन थापा बन्नुहुन्छ भन्ने नै हो । त्यसमा दुविधा छैन, बनाउने हो ।’
नेता शर्माले कांग्रेस विभाजित नभएको र अब त्यसभित्र विवाद जाने जाने ठाउँ नभएको पनि बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण