उम्मेदवार टुंगो लगाउन एमाले दिउँसोदेखि सचिवालय बैठकमा
शनिबार, ०३ माघ २०८२, १९ : ३६
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो तीन बजेदेखि बैठक जारी रहेको केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उम्मेदवारबारे छलफल भइरहेको छ । 'जिल्ला हुँदै प्रदेश कमिटीले केन्द्रमा उम्मेदवारको नाम सिफारिस गरेका छन्, ती नाममा पार्टीका शीर्ष नेताहरूले छलफल गरिरहनुभएको छ,' डा अधिकारीले भने ।
निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले एमालेले आजै उम्मेदवारको टुंगो लगाउनेगरी छलफल गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण