निर्णयप्रति विचलित नहुन एमाले उपमहासचिव भट्टराईको आग्रह
सारांश
- एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी निर्णयबारे विचलित नहुन आग्रह गरे।
- उनले कार्यकर्तालाई उच्च मनोबलका साथ उम्मेदवारलाई जिताउन आह्वान गरे।
- एमाले सचिवालय बैठकले ७७ जिल्लाका लागि उम्मेदवार चयन गरेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीका निर्णयप्रति विचलित नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अझ उच्च मनोबल र एकताका साथ पार्टीका उम्मेदवारलाई विजयी बनाउन आ–आफ्नो स्थान र हैसियतबाट सक्रिय रहन आह्वान गरेका हुन् ।
भट्टराईले लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु । हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’
यसैबिच, नेपाल कम्युनिस्ट पार्टी एमालेको शनिबार बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका लागि उम्मेदवार चयन गरेको छ । एमाले नेता लेखराज भट्टका अनुसार केही जिल्लाबाहेक अधिकांश स्थानमा उम्मेदवारको टुंगो लागिसकेको छ ।
उपमहासचिव भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङ भने हाललाई बाँकी राखिएको छ । बाँकी रहेका केही निर्वाचन क्षेत्रका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप परामर्श गरी अन्तिम निर्णय लिने बताइएकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण