एमालेबाट मोरङ–२ मा रंगेलीका मेयर दिलिप अग्रवाल उम्मेदवार बन्ने
सारांश
- एमालेले मोरङ क्षेत्र नम्बर २ मा रंगेलीका मेयर दिलीप अग्रवाललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।
- अग्रवाल दुई कार्यकाल रंगेली नगरपालिकाको मेयर भइसकेका छन् र हालै एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
- यसअघि सो क्षेत्रबाट ऋषिकेश पोखरेल र नैनकला ओझाको नाम पनि उम्मेदवारका लागि सिफारिस गरिएको थियो।
काठमाडौं। नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा रंगेली नगरपालिका हालका मेयर दिलीप अग्रवाललाई आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अग्रवाललाई उम्मेदवार चयन गरेको हो ।
दुई कार्यकालसम्म रंगेली नगरपालिकाको मेयर रहेका अग्रवाललाई एमालेले प्रतिनिधि सभाको टिकट दिएको छ । उनी हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका थिए ।
यसअघि मोरङ–२ बाट तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको थियो । सिफारिस सूचीमा निवर्तमान प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेल, रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल र पूर्व राष्ट्रिय सभा सदस्य नैनकला ओझा थिए ।
मोरङमा जम्मा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । एमालेले ५ र ६ नम्बर क्षेत्रबाहेक अन्य क्षेत्रहरूमा उम्मेदवार टुंगो लगाइसकेको छ । मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, ३ मा दिलीप राई र ४ मा जीवन घिमिरेलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण