पार्टी प्रवेश गरेकै दिन जसले पाए एमालेको टिकट
आइतबार, ०४ माघ २०८२, ०८ : ४४
सारांश
- वीरेन्द्र कुमार कनौडियाले कांग्रेस छाडेर एमाले प्रवेश गरे, र सोहि दिन एमालेबाट टिकट पाए ।
- कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कनौडियाले कांग्रेसको किचलोका कारण पार्टी छाडे ।
- उनी पहिले लुम्बिनी प्रदेश सभामा कांग्रेसको तर्फबाट संसदीय दलको नेता थिए ।
बुटवल । वीरेन्द्र कुमार कनौडियाले एमालेमा प्रवेश गरेकै दिन प्रतिनिधिसभा सदस्यको लागि पार्टीबाट टिकट पाएका छन् । कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिसमा परेका उनी शनिबार मात्र एमाले प्रवेश गरेका थिए ।
कांग्रेसमा किचलो रहेको भन्दै उनी एमाले प्रवेश गरेका थिए । सो दिन साँझ उनलाई एमालेले कपिलवस्तु क्षेत्र नम्बर ३ मा टिकट दिएको हो ।
पार्टी प्रवेशपछि उनले कांग्रेस जिल्लाको किचलोमा फस्नु भन्दा एमाले मै रहन उचित लागकोले पार्टी प्रवेश गरेको प्रतिक्रिया दिएका थिए । कनौडिया यसअघि प्रदेश सभामा कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेतासमेत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण