एमालेबाट टिकट नपाएपछि विष्णु रिजालले भने– फेरि पनि नेतृत्वको रोजाइमा पर्न सकिएन
सारांश
- विष्णु रिजालले दैलेख-२ मा टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै फेसबुकमार्फत धारणा सार्वजनिक गरे।
- उनले पार्टी नेतृत्वको रोजाइमा नपरेको र आफू कार्यकर्ताको रोजाइमा परेको उल्लेख गरे।
- रिजालले आफू आगामी दिनमा पनि दैलेख र पार्टीको लागि योगदान गरिरहने बताए।
काठमाडौँ । दैलेख–२ मा कार्यकर्ताको पहिलो रोजाइमा परे पनि नेतृत्वको रोजाइमा पर्न नसकेका कारण आफूले टिकट पाउन नसकेको भन्दै युवा नेता विष्णु रिजालले व्यङ्ग्यात्मक रूपमा असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत आइतबार आफ्नो धारणा सार्वजनिक गर्दै रिजालले दैलेख–२ बाट आफू नेकपा एमालेका कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको जिकिर गरेका छन् । ‘जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिस गरेका थिए,’ उनले भनेका छन्, ‘तर तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन ।’
उम्मेदवार छनोटका क्रममा आफूलाई मतदान, साथ, सहयोग, शुभेच्छा र हौसला प्रदान गर्ने सबै नेता, कार्यकर्ता र दैलेख–२ का बासिन्दाप्रति आफू आभारी रहेको जनाउँदै उनले भनेका छन्, ‘फेरि पनि तपाईंहरूको भावनालाई साकार पार्न असमर्थ भएकोमा विनम्रतापूर्वक क्षमाप्रार्थी छु ।’
आफू सात वर्षको हुँदा ०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका ‘अनुभवी’ लक्ष्मीप्रसाद पोखरेललाई पार्टीले फेरि टिकट दिए जिकिर गर्दै रिजालले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने ‘लक्ष्मीजी’को अद्भूत क्षमताको प्रशंसा नगरी रहन नसकिने प्रस्ट पारेका छन् ।
‘म राजनीतिमा स्वेच्छाले लागेको हुँ । दैलेखी जनता, देश र पार्टीलाई सकेको योगदान गर्नमा कुनै कसर बाँकी राख्ने छैन,’ रिजालले भनेका छन्, ‘मैदानमै छु, मैदानमै हुनेछु । २९ वर्षअघि ०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएयताको मात्रै अवधि गणना गर्दा पनि २९ वर्ष भएछ । कुनै पद पाइएन भने पनि अर्को २९ वर्ष कम्तीमा यही क्षेत्रमा रहनेछु ।’
उनले आफू आजका दिनसम्म कहिल्यै फुट र विभाजनका पक्षमा नलागेको पनि प्रस्ट पारेका छन् । ‘विगतमा पार्टी विभाजनमा लागेर, उम्मेदवार बनेर धरौटी जफत भएर, एमालेलाई हराएर फेरि एमालेमै फर्किन बाध्य भएकाहरूले आफूमात्रै पार्टी बनाउन लागेको रूपमा प्रस्तुत गर्नु हास्यास्पद छ,’ उनले भनेका छन् ।
लेखपढ गर्नु, पार्टीका पक्षमा पैरवी गर्नु, अझ पीएचडी गर्दै गर्नु, आफ्नो क्षमताले देश–विदेशका मञ्चहमा सहभागी हुनु, कसैसँग मालपानीका लागि हात नपसार्नु आफ्नो कमजोरी हो भने यसमा भन्नु केही नरहेको रिजालले प्रस्ट पारेका छन् । ‘राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरूप्रति जति घृणा गरे पनि कमै हुन्छ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण