बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपा प्रवेश गर्दै सुदन गुरुङ

आइतबार, ०४ माघ २०८२, १५ : १३
आइतबार, ०४ माघ २०८२

सारांश

  • अभिनेता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन्।
  • उनले जनहित, युवाको विश्वास र परिवर्तनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
  • गुरुङले गोरखा- १ बाट चुनाव लड्ने तयारी गरेको बताइएको छ।

काठमाडौँ । जेनजी अभिन्यता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन् । गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार उक्त जानकारी सार्वजनिक गरेका हुन् ।

पद, शक्ति वा व्यक्तिगत स्वार्थका कारण आफू रास्वपा प्रवेश गर्न नलागेको उनको भनाइ छ । जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट यो निर्णय आएको उनले उल्लेख गरेका छन् । 
उनले जनताले माग गर्दै आएको जवाफदेहिता, स्पष्ट दिशा र नतिजामुखी कार्यलाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको बताएका छन् ।

गुरुङले रास्वपामार्फत जनहितलाई पहिलो प्राथमिकतामा राखिने, युवाको विश्वास सुरक्षित गरिने र परिवर्तनलाई स्थायी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यो राजनीतिक यात्रा जनतासँगै अघि बढ्ने पनि बताएका छन् । उनले सुदनले गोरखा- १ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप