अपराध
प्राइड क्यासिनो लुटपाट प्रकरणमा थप ७ जना पक्राउ
आइतबार, ०४ माघ २०८२, १७ : १३
सारांश
- बौद्धमा रहेको क्यासिनो प्राइडमा भएको लुटपाटमा संलग्न आरोपमा थप ७ जना पक्राउ परेका छन्।
- यसअघि पक्राउ परेका ३ जनासहित, लुटपाटमा संलग्न भएको आरोपमा १० जना पक्राउ परिसकेका छन्।
- प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि लुटपाट र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको बौद्धमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालि ‘क्यासिनो प्राइड’ लुटमा संलग्न आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
जेनजी प्रदर्शन हुँदा भदौ २४ मा क्यासिनोबाट करिब १४ करोड लुटेको आरोपमा यसअघि ३ जना पक्राउ परेका थिए । यसअघि दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पा पक्राउ परेका हुन् । लुटमा संलग्न आरोपमा थप ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा काठमाडौँ घर भएका मनहरि पौडेल, नुवाकोटका रञ्जन तामाङ र काठमाडौँ घर भएका करण डङ्गोल छन् । उनीहरु विरुद्ध प्रहरीले लुटपाट र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न ९० दिनको समय हुने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण