नेकपाबाट सिन्धुली–१ मा सुवेदी, २ मा दाहाल उम्मेदवार बन्ने
मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुलीको २ क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ । नेकपाका संयोजक पुष्पकमल दाहालले सिन्धुलीको दुई क्षेत्रका उम्मेदवारलाई टिकट प्रदान गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीका अनुसार सिन्धुली–१ मा डेकेन्द्र सुवेदी उम्मेदवार बन्ने भएका छन् भने सिन्धुली–२ मा लेखनाथ दाहाल ‘राजन’ उम्मेदवार हुने भएका छन् । दाहाल माओवादी पृष्ठभूमिका हुन् भने सुवेदी एकीकृत समाजवादीका हुन् ।
अधिवक्ता समेत रहेका सुवेदी सिन्धुली–१ बाट पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । सो क्षेत्रमा एमालेले प्रदीप केसी कटुवाललाई उम्मेदवार बनाएको छ । कटुवाल सो क्षेत्रबाट यस अघि पनि पराजित भएका थिए । कांग्रेसका श्याम कुमार घिमिरेले सो क्षेत्रमा चुनाव जितेका थिए ।
सिन्धुली–२ मा भने नेकपाका पूर्व सांसद दाहाल विरुद्ध एमालेले मनोजजंग थापालाई उम्मेदवार बनाएको छ । थापा गत निर्वाचनमा पनि सो क्षेत्रबाट पराजित भएका थिए ।
दाहालसंगै पराजित भएका थापा पुनः प्रतिस्पर्धामा उत्रिएका हुन् । दाहाल २०७४ मा सिन्धुली १ (क)बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
सिन्धुलीको दुवै क्षेत्रमा कांग्रेसले भने उम्मेदवार टुंग्याउन सकेको छैन । आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण