जनकपुर पुगेका बालेनले माघ ५ गतेको सभामा सहभागी हुन गरे आग्रह
जनकपुरधाम । काठमाडौँ महानगरपालिकाका मेयर पदबाट आइतबार राजीनामा दिएका बालेन्द्र शाह साँझ जनकपुर पुगेका छन् ।
उनले समर्थकहरूलाई माघ ५ गते धनुषाको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गर्ने सभामा उपस्थित हुन आग्रह गरेका छन् ।
जनकपुर विमानस्थलमा भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै शाहले भने, ‘अहिले भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा एकदमै खुसी लागेको छ । साह्रै माया लागेको छ ।’ उनले आफूहरू पनि भर्खरै आइपुगेको बताउँदै भोलिको कार्यक्रमका लागि थोरै योजना बनाउनुपर्ने र त्यसको व्यवस्थापनको विषयमा बुझ्नुपर्ने जानकारी दिए । उनले थपे, ‘धनुषा जिल्ला प्रहरी प्रमुखसँग जिल्लामा आफ्नो कार्यक्रमको व्यवस्थापनको विषयमा कुरा गर्नेछौँ ।’
शाहले समर्थकहरूलाई शान्त रहन आग्रह गर्दै भने, ‘धेरै केही भन्न चाहन्न, भोलि फेरि भेटौँला । आजको लागि नआत्तिकन शान्त भएर बसिदिनू । भोलि कार्यक्रमस्थलमै सबै जना आउनुहोला।’
मेयर पदबाट राजीनामा दिएलगत्तै बालेन रास्वपाको घण्टीघरस्थित कार्यालय पुगेका थिए । त्यहाँ उनले पार्टीको वरिष्ठ नेताको पदभार ग्रहण गरेपछि सीधै जनकपुरतर्फ लागेका थिए ।
आइतबार साँझ जनकपुर विमानस्थलमा पुग्दा उनका समर्थकहरूले बालेन्द्र शाहको पक्षमा चर्को नाराबाजी गरेका थिए ।
रास्वपाले माघ ५ गते धनुषाको जनकपुरधाममा बृहत सभा आयोजना गर्दै छ । शाहले यही सभामा सहभागी हुन सबैलाई आग्रह गर्दै विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण