बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

‘अदालतको आदेश मान्य हुन्छ, रुख बाहेक अर्को विकल्प सोच्न सकिँदैन’

आइतबार, ०४ माघ २०८२, २१ : २७
आइतबार, ०४ माघ २०८२

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता पूर्णबहादुर खड्काले रुख चुनाव चिह्न बाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न नसकिने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता खड्काले यस्तो बताएका हुन् । 

आफूहरू निर्वाचन आयोगको निर्णय विरुद्ध आधिकारिकताका लागि सर्वोच्च अदालत पुगेको भन्दै  सर्वोच्च अदालतको निर्णय स्वीकार्य र मान्य हुने समेत उनले बताए । 

नयाँ पार्टी खोल्ने र स्वतन्त्र उम्मेदवारको रूपमा उठ्ने जस्ता हल्लाका पछि नलाग्न समेत उनले आग्रह गरे । निर्वाचन आयोगले गत शुक्रबार गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो । 

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?