गोकुल बास्कोटाको क्षेत्रमा अशोक ब्यान्जु उम्मेदवार
आइतबार, ०४ माघ २०८२, २२ : ५०
सारांश
- नेकपा एमालेले काभ्रे-२ बाट अशोक ब्यान्जुलाई उम्मेदवार बनाएको छ।
- यसअघि गोकुल बास्कोटाले जितेको क्षेत्रमा यसपटक ब्यान्जुले टिकट पाएका हुन्।
- बास्कोटा २०७४ र २०७९ को निर्वाचनमा विजयी भएका थिए।
काभ्रेपलान्चोक । आसन्न निर्वाचनमा नेकपा एमालेका नेता गोकुल बास्कोटाको क्षेत्रमा अशोक ब्यान्जुलाई उम्मेदवार बनाइएको छ । एमालेले काभ्रे–२ बाट अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको हो ।
यो क्षेत्रबाट यसअघि २०७४ र २०७९ मा उम्मेदवार रहेका बास्कोटाले चुनाव जित्दै आएका थिए । गत मङ्सिरमा बहेको एमाले महाधिवेशनमा नेता ईश्वर पोखरेल टिमबाट उपमहासचिव पदमा उम्मेदवार बनेका बास्कोटा पराजित भएका थिए ।
बास्कोटाले जित्दै आएको सो क्षेत्रमा यसपटक भने टिकट पाएनन् । शनिबार साँझ बसेको सचिवालय बैठकमा यो क्षेत्रको टिकट होल्ड गरिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले टुङ्ग्याउने गरी होल्ड गरिएको सो क्षेत्रको टिकट ब्यान्जुलाई दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण