शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गण्डकी प्रदेश

समानुपातिकमा गण्डकी: काँग्रेसले हटायो राष्ट्रपतिकी छोरी, नेकपाको पहिलो नम्बरमा देवेन्द्रकी पत्नी

आइतबार, ०४ माघ २०८२, २३ : ०८
आइतबार, ०४ माघ २०८२

सारांश

  • निर्वाचन आयोगले दलहरूको समानुपातिक बन्द सूची सार्वजनिक गरेको छ, जसमा गण्डकीका उम्मेदवारहरूको विवरण समावेश छ।
  • नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीको नाम हटाएर नयाँ सूची बुझाएको छ भने एमाले, माओवादीलगायतका दलहरूले पनि उम्मेदवारको नाम सार्वजनिक गरेका छन्।
  • विभिन्न दलहरूले गण्डकी प्रदेशबाट समानुपातिक उम्मेदवारहरू छनोट गरेका छन्, जसमा राष्ट्रिय जनमोर्चाले बागलुङबाट १७ जना उम्मेदवार बनाएको छ।

पोखरा । निर्वाचन आयोगले दलहरूको समानुपातिक बन्द सूची सार्वजनिक गरेको छ । अन्तिम बन्दसूची अनुसार गण्डकी प्रमुख राजनीतिक दलहरूको खासै प्राथमिकतामा परेको छैन । नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञाको नाम हटाएर नयाँ सूची बुझाएको छ । गण्डकीमा काँग्रेसले १० जनालाई उम्मेदवार बनाएको छ । मुस्ताङबाट रोमी गौचन थकाली, कास्कीबाट आइबहादुर गुरुङ, बागलुङबाट रेनुका काउचा, स्याङजाबाट माया राना, मनाङबाट गीता गुरुङ, पर्वतबाट जितबहादुर नेपाली, लमजुङबाट कोपिला विक, बागलुङबाटै शकुन्तला शर्मा, तनहुँबाट इन्दिरा खनाल, बागलुङबाट पार्वती आचार्य उम्मेदवार बनेका हुन् ।

नेकपा एमालेबाट गण्डकी प्रदेशमा ९ जनालाई टिकट दिएको छ । म्याग्दीकी नरदेवी पुन, गोरखाकी मिना बरामु, लमजुङका प्रेम बहादुर घले, कास्कीका दलबहादुर गुरुङ, स्याङ्जाकी पद्या अर्याल, टुकाभद्र हमाललाई चितवनबाट उम्मेदवार बनाइएको छ । यद्यपि उनको घर लमजुङ नै हो । कास्कीका दिपकबहादुर पौडेल, तनहुँकी विष्णुमाया विक, पर्वतका मनोहर विश्वकर्मा पौडेल उम्मेदवार छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट १५ जना उम्मेदवार छन् । बागलुङकी बलावती शर्मा, कास्कीकी दिलकुमारी पन्त, गोरखाकी कमला नहर्की, लमजुङकी पवित्रा कार्की केसी, कास्कीका शिव बास्तोला, बागलुङका नहेन्द्र खड्का, स्याङ्जाका गोविन्द राज पौडेल, गोरखाकी सोमती गुरुङ, बागलुङका चेतबहादुर पुन, गोरखाका राजन गुरुङ, लमजुङका राम आशिष दास, गोरखाकी गीता गहतराज, नवलपुरकी तारा कुमारी विश्वकर्मा, कास्कीका कृष्णबहादुर नेपाली, स्याङ्जाका ताज महमद मिया उम्मेदवार बनेका हुन् । बलावती बागलुङ २ कै निवर्तमान सांसद तथा नेता देवेन्द्र पौडेलकी धर्मपत्नी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट १० जना उम्मेदवार छन् । स्याङ्जाका भूमिबहादुर गुरुङ, तनहुँका मानकाजी श्रेष्ठ, बागलुङकी गंगा छन्त्याल, गोरखाकी एलिजा गुरुङ, कास्कीकी विष्णुकुमारी गुरुङ, स्याङजाबाट चोलाप्रसाद बस्याल, म्याग्दीका दिपक कुमार बोगटी, गोरखाबाट शोभा खनाल, बागलुङबाट प्रकाश विक, तनहुँबाट रुपक घिमिरे बन्दसूचीमा अटाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ जनालाई समेटेको छ । गोरखाका मोहनकुमार श्रेष्ठ, म्याग्दीका भीम प्रसाद गौचन, लमजुङकी शोभा राना मगर, स्याङ्जाकी देवकुमारी पराजुली, कास्कीकी सुशिला केसी अधिकारी, तनहुँकी मिना विक राप्रपाबाट उम्मेदवार बनेका हुन् ।

गण्डकीमा प्रगतिशील लोकतान्त्रिक पार्टीले भने धेरै उम्मेदवार दिएको छ । प्रलोपाले १४ जनालाई समानुपातिक सूचीमा राखेको हो । पर्वतकी दुर्गा कुमारी गुरुङ, गोरखाकी सानु गुरुङ, गोरखाकै दिनेश जोशी, बागलुङका नरबहादुर पुन, गोरखाका महेश कुमार गुरुङ, बागलुङकी शान्ति विक, कास्कीका महेश्वर सुनार, गोरखाका लालबहादुर विश्वकर्मा, बागलुङका दलसिं खत्री, कास्कीकी रविना भण्डारी खत्री, गोरखाकी इन्दिरा बस्ताकोटी र नारायणी अधिकारी, नवलपुरका पिताम्बर महतो र हेवन्ति थारु उम्मेदवार छन् ।  

अरू दलहरूले पनि गण्डकीका उम्मेदवार समेटेका छन् । गण्डकी नै आधार क्षेत्र भएको राष्ट्रिय जनमोर्चाले बागलुङबाट मात्रै १७ जना उम्मेदवार बनाएको छ । बागलुङकी मिना पुन, पुनिकला बुढा, किउमाया पुन, पूर्णकली थापा, पर्वतकी खिमा झाँक्री, बागलुङका चित्र थापा, म्याग्दीका तमबहादुर रोका, बागलुङका कुलबहादुर थापा, बागलुङकै ताराबहादुर सोमरे मगर र ढिलबहादुर श्रीस उम्मेदवार छन् । यस्तै, बागलुङकै सक्तमान बुढाथोकी, श्रीजयन्द्र पुन, लिलादेवी शर्मा, लक्ष्मी केसी, नवलपुरकी विष्णु पाण्डे, स्याङ्जाकी हिरामति शाही, बागलुङकी लिलाकुमारी कँडेल, प्रेम प्रसाद पौडेल, राजेन्द्र ढुंगाना, बेदीलाल सापकोटा, नवलपुरका विकाराम चौधरी, बागलुङकै नरबहादुर सुनार उम्मेदवारको बन्दसूचीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप