माघकृष्ण औँसी: माधव नारायणका बर्तालु पुगे फर्पिङ
सारांश
- माधव नारायणका बर्तालुहरूले आइतबार साँझ फर्पिङस्थित शेषनारायणको तीर्थयात्रा गरे।
- बर्तालुहरूले पशुपतिनाथ मन्दिरमा पूजा आराधना र दर्शन गरेर फर्पिङको यात्रा थालेका थिए।
- माधव नारायणको व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्छ।
काठमाडौँ । साँखु शालिनदीस्थित माधव नारायणका बर्तालु तीर्थयात्रा गर्दै आइतबार साँझ बेलुकी दक्षिणकाली नगरपालिकाको फर्पिङस्थित शेषनारायण पुगेका छन् ।
माघकृष्ण औँसीका दिन आज बिहान आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरी बर्तालु यात्रामा निस्किएका थिए । ती बर्तालु शनिबार साँझ पशुपति क्षेत्रमा बसेका थिए । बिहान स्नान गरेर पशुपतिनाथको दर्शन गरी फर्पिङ आएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिए ।
पशुपतिनाथको दर्शनपछि बर्तालुले ताम्रेश्वरमा पुगी अर्घ्यदान गरेका छन् । बर्तालु सिंहदरबार हुँदै फर्पिङस्थित शेषनारायणमा गएर बास बसेको उनले बताए । माधवनारायणलाई भने नारायणहिटी दरबार क्षेत्रमा रहेको नारायण मन्दिरमा दर्शन गराएर भोटाहिटी र हनुमानढोका दरबार क्षेत्रमा पूजा गरी टेकु हुँदै शेषनारायण लगिएको हो । राजसंस्था हुञ्जेलसम्म नारायणहिटी दरबारमा राजालाई पनि माधवनारायणको दर्शन गराउने परम्परा थियो ।
शनिबार अर्थात् माघ कृष्ण चतुर्दशीदेखि नै माधवनारायणका बर्तालुले तीर्थयात्रा सुरु गरेका हुन् । शनिबार बिहान साँखुबाट बज्रयोगिनी माईको दर्शन गरी साँखु आएर बर्तालुले भोजन गरेका थिए । भोजनपछि पैदल हिँडेर बर्तालु शनिबार बेलुकी पशुपति क्षेत्र आइपुगेका थिए ।
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधव नारायण बर्त माघ शुक्ल पूर्णिमासम्म चल्छ । बर्तमा यस वर्ष महिला र पुरुष गरी २०० जना व्रत बसेका छन् । माघ महिनामा माधव नारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण