सोनाम ल्होसार जस्ता पर्वले समावेशिताका आधारभूत मूल्यलाई अझ सुदृढ बनाउन सहयोग पुर्याउनेछ: उपराष्ट्रपति यादव
सारांश
- उपराष्ट्रपति यादवले सोनाम ल्होसारले समावेशिताका मूल्यलाई सुदृढ बनाउने बताए ।
- उनले पर्वले राष्ट्रिय एकता र सार्वभौमिकता बलियो बनाउने उल्लेख गरे ।
- यादवले शुभकामना सन्देशमा मौलिक संस्कृति र सद्भावको महत्व दर्शाए ।
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई सोनाम ल्होसार जस्ता पर्वले अझ सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
नेपालका तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत आदिवासी जनजातिहरूले उल्लासपूर्वक मनाउने महान् पर्व सोनाम ल्होसार २०८२ को अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन् । उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको हाम्रो देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बलियो बनाउने सामर्थ्य नेपाली पर्वहरूमा निहित रहेको उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, “यस पर्वले नयाँ वर्षको आगमनसँगै हाम्रो मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई पुनः स्मरण गराउँदै पुस्तादेखि पुस्तासम्म निरन्तरता दिने अमूल्य अवसर प्रदान गर्दछ, सामूहिकता, भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट तथा शुभकामना आदानप्रदान जस्ता परम्परागत अभ्यासहरूले सामाजिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँछन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण