स्याङ्जा १ मा रास्वपाबाट धनञ्जय रेग्मी उम्मेदवार
सोमबार, ०५ माघ २०८२, ०९ : २९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुने निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ मा धनञ्जय रेग्मीलाई उम्मेदवार बनाउने भएको छ।
- पार्टी प्रवेश गरेपछि रेग्मीले घरदैलो र मतदाता भेटघाट अभियान चलाएका थिए।
- रास्वपाले यस क्षेत्रलाई आफ्नो जित सुनिश्चित भएको क्षेत्रको रूपमा दाबी गरेको छ।
पोखरा । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ धनञ्जय रेग्मीलाई उम्मेदवार बनाउने भएको छ । रास्वपा सभापति रवि लामिछानेले आइतबार राति रेग्मीलाई पार्टीको तर्फबाट टिकट हस्तान्तरण गरेका हुन् ।
केही समयअघि मात्र पार्टी प्रवेश गरेका रेग्मीलाई टिकट दिने विषयमा सुरुमा केही आशङ्का गरिए पनि उनले पछिल्लो केही महिनायता निरन्तर घरदैलो र मतदाता भेटघाट अभियान चलाउँदै आएका थिए ।
यसअघि नेपाली कांग्रेसका राजु थापा र त्यसपूर्व नेकपा एमालेका नारायण मरासिनी निर्वाचित भएको यस क्षेत्रलाई रास्वपाले आफ्नो ग्रिन जोन (जित सुनिश्चित भएको क्षेत्र) का रूपमा दाबी गरेको छ । स्याङ्जा क्षेत्र नम्बर २ मा भने उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को प्रभावकारितामाथि प्रश्न: सत्तापक्ष सन्तुष्ट, प्रतिपक्ष असन्तुष्ट
-
‘मास्टर्नी’ गीतमाथि तत्काल प्रतिबन्ध लगाउन अखिल (क्रान्तिकारी) को माग
-
अन्योलतामै बित्यो आर्थिक वर्ष २०८२/८३, पुँजीगत खर्च पाँच वर्ष यताकै न्युन
-
योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण