१८ वर्षपछि मनाङबाट चुनाव लड्दै देव गुरुङ
सोमबार, ०५ माघ २०८२, १० : ५७
सारांश
- पूर्वमन्त्री देव गुरुङ १८ वर्षपछि मनाङ १ बाट चुनाव लड्ने भएका छन्।
- उनी नेकपा माओवादी केन्द्रका महासचिव समेत रहेका छन्।
- गुरुङ २०६४ सालको निर्वाचनमा मनाङ १ बाट विजयी भएका थिए।
काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ १८ वर्षपछि मनाङ १ बाट चुनाव लड्ने भएका छन् । साबिक नेकपा माओवादी केन्द्रका महासचिव समेत रहेका गुरुङलाई अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाले हिमाली जिल्ला मनाङबाट उम्मेदवार बनाएको हो ।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी मनाङ १ र कास्की १ बाट विजयी भएका थिए । पार्टी विभाजन पश्चात् मोहन वैद्य किरण समूहमा लागेका उनले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरे । २०७४ सालमा लमजुङ १ बाट विजयी भएका गुरुङ २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण