चीनतर्फका थप नाका खोल्न सरकारको गृहकार्य, कोरोला र किमाथाङ्का प्राथमिकतामा
सारांश
- सरकारले चीनसँगको व्यापारिक नाका सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ, जसले गर्दा वैकल्पिक नाकाहरूमा भन्सार पूर्वाधार विस्तार हुनेछ।
- रसुवागढी र तातोपानी नाकाको विकल्पको रूपमा कोरोला नाकाबाट व्यवसायीहरूले ठुलो परिमाणमा सामान आयात गरेका छन्।
- किमाथाङ्का र ओलाङचुङगोला नाका सञ्चालनका लागि सडक र पुल निर्माणको काम भइरहेको छ, चीन सरकारको सहयोग रहनेछ।
काठमाडौँ । सरकारले उत्तरी छिमेकी चीनसँगका थप व्यापारिक नाका सञ्चालनमा ल्याउन तीव्र गृहकार्य सुरु गरेको छ । तातोपानी र रसुवागढी नाकामा बर्खायाममा पहिरो र बाढीका कारण पटक-पटक अवरोध हुन थालेपछि सरकारले कोरोला र किमाथाङ्कासहितका वैकल्पिक नाकाहरूमा भन्सार पूर्वाधार विस्तार गर्न लागेको हो ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार रसुवा र तातोपानी नाकाको विकल्पका रूपमा अन्य नाकाहरूमा संरचना तयार गरी भन्सार बिन्दु विस्तार गर्ने काम भइरहेको छ । हालैका दिनमा वैकल्पिक रूपमा प्रयोग गरिएको मुस्ताङको कोरोला नाकाबाट व्यवसायीहरूले ठुलो परिमाणमा जुत्ताचप्पल र विद्युतीय सवारी साधन (इभी) भित्राउन सफल भएका छन् ।
पूर्वाधार अभावकै बीच पनि सो नाकामा 'आसिकुडा' प्रणाली लागू गरेर जाँचपासको व्यवस्था मिलाइएको थियो, जसबाट दुई हजारभन्दा बढी विद्युतीय गाडीहरू नेपाल भित्रिएका छन् । ११७ वटा कन्टेनरमार्फत १९ करोड रुपैयाँ बराबरको निकासी समेत भएको यस नाकामा अब चीन सरकारको सहयोगमा सुविधासम्पन्न भौतिक संरचनाहरू निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
यस्तै संखुवासभाको किमाथाङ्का र ताप्लेजुङको ओलाङचुङगोला नाकालाई पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ । किमाथाङ्कामा अझै सडक पहुँच पुग्न बाँकी रहेको र ओलाङचुङगोलामा पुल निर्माणको काम भइरहेकाले यी पूर्वाधार सम्पन्न हुनासाथ नाका सञ्चालनमा आउनेछन् । चिनियाँ पक्षले सडक संरचना बनेपछि सबै नाका सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको र नेपालतर्फका अवरुद्ध बाटोहरू खुलाउन सडक विभागसँग समन्वय भइरहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण