प्रतिनिधि सभा निर्वाचन : यी हुन् उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातहरू
सोमबार, ०५ माघ २०८२, २० : ५६
काठमाडाैँ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
यसका लागि मंगलबार उम्मेदवारहरूकाे मनाेनयन दर्ताकाे कार्यक्रम छ । दलहरूले उम्मेदवारहरूकाे टुंगाे लगाउने क्रम समेत जारी छ ।
यसैबिच निर्वाचन आयाेगले उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातबारे जानकारी गराएकाे छ ।
उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातहरू
- नागरिकता / मतदाता परिचयपत्रको प्रतिलिपि ( उम्मेदवारको उमेर २५ वर्ष पूरा हुनुपर्ने )
- उम्मेदवार, समर्थक र प्रस्तावकहरुको मतदाता नामावलीको प्रतिलिपि / निस्सा
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ५ ( मनोनयनपत्र )
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ६ ( स्वघोषणा)
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ७ वा ८ (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि राजनीतिक दलले मनोनयन गरेको औपचारिक पत्र )
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ९ ( सम्पत्ति विवरण फाराम )
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची १० (उम्मेदवारको वैयक्तिक विवरण फाराम)
- उम्मेदवार आफैं उपस्थित हुन नसकेमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२–अनुसूची ११ (प्रतिनिधि मुकरर )
- निर्वाचन आचारसंहिता, २०८२ – अनुसूची ३ ( प्रतिवद्धता पत्र )
(क) दुई प्रति पासपोर्ट साइजको फोटो
(ख) प्रतिनिधि सभा सदस्यमा उम्मेदवारीका लागि दस्तुर रु.१०,०००/– (दश हजार रुपैयाँ)
तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा ५० प्रतिशत छुटकाे व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण